करवीर चिया बगानमा चितुवा लगायत अन्य जंगली जनावरको आतंक

Share this news

खरसाङ,28 जुलाई(निसं): खरसाङ बजारदेखि केही तल रहेको करवीर चिया बगानमा जंगली जनावरको आतंक बढ़ेको गुनासोहरू प्राप्त भइरहेको छ। यस चिया बगानको ठूलो पातले, सानो पातले, मन्सीधुरा गाउँमा अहिले चितुवा, ब्ल्याक पेन्थर, अजिङ्गर, बनेलको आतंक रहेको मानिसहरूले गुनासो गरेका छन्‌‍। यहाँको मन्सीधुरामा आइतवार साँझ साढ़े 6 बजेतिर एउटा ब्ल्याक पेन्थर देखिएपछि मानिसहरू आतंकित बने। एउटा घरको घुरेनमा देखिएको उक्त ब्ल्याक पेन्थरलाई मानिसहरूले धपाएको बताइएको बताएका छन्‌‍। करवीर निवासी उदय दुमीले यस बारेमा भने आइतवार साँझ साढ़े 6 बजेतिर यहाँको मन्सीधुराको एक व्यक्तिको घरमुनि घुरेनमा एउटा ब्ल्याक पेन्थर देखिएको थियो। ब्ल्याक पेन्थर देखेपछि त्यहाँका मानिसहरूले हाट-हाट, हुट-हुट गरेर त्यसलाई धपाए तर यसरी ब्ल्याक पेन्थर देखिएपछि क्षेत्रमा आतंकको वातावरण छाएको छ, मानिसहरू डराइरहेका छन्‌‍। लगभग एक महिना अघि पनि हाम्रै गाउँको माथि सेप्टिट्याङ्मा बिहानै एउटा चितुवा सुतिरहेको अवस्थामा पाइएको थियो। उक्त चितुवाको फोटो र भिडियो सामाजिक सञ्जालहरूमा पनि भाइलर बनेको थियो। तिनले अझ भने, करवीर चिया बगान क्षेत्रमा जंगली जनावरहरूको चहल-पहल विगत केही समयदेखि बढ़ेर गएको छ, दुई दिन अघि चिया बगानको 8 नम्बर ब्लकमा काम गरिरहेका श्रमिकहरूले एउटा ठूलो अजिङ्गर भेटेका थिए। अजिङ्गर देखेर श्रमिकहरू आत्तिएर भागेका थिए। यसरी जङ्गली जनावरको चहल-पहल यस चिया बगान क्षेत्रमा बढ़ेकोले मानिसहरू धेरै चिन्तित बनेका छन्‌‍। यस चिया बगानको सबै गाउँका विद्यार्थीहरू खरसङ बजारमा रहेका विद्यालयहरूमा अध्ययनको निम्ति जाने गर्छन्‌‍। कतिपय विद्यार्थीहरू ट्युसन पढ़ेर साँझको समयमा घर फर्किने गर्छन्‌‍। गाउँका कतिपय मानिसहरू आफ्नो नोकरी पेशा र अन्य कामले गर्दा साँझको समय अथवा रातिको समय घर फर्कन पर्ने हुन्छ। गाउँका मानिसहरूको शौचालय घरदेखि टाड़ामा हुन्छ, राति शौचालकको निम्ति निस्कन पर्ने हुन्छ। यसरी चितुवा, ब्ल्याक पेन्थर र अन्य जंगली जनावरको चहल-पहल यस क्षेत्रमा बढ़ेकोले हिँड़डुल गर्नलाईसम्म गाह्रो भइसकेको छ। यस बारेमा वन विभाग अथवा प्रशासनले कदल उठाइयोस भन्ने गाउँका मानिसहरूको माग छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ