सुन्दरीकरणका संरचनाहरूको स्यार-सम्भार आवश्यक

Share this news

खरसाङ, (निसं): खरसाङ बजारको विभिन्न स्थानमा शहर सुन्दरीकरणको निम्ति निर्माण गरिएको संरचनाहरूको स्यार-सुसार आवश्यक देखिएको छ। शहरमा निर्माण गरिएका यस्ता कतिपय संरचनाहरू धेरै समयदेखि स्यार-सम्भारको अभावमा जीर्ण बनेका छन्‌‍। यस्ता संरचनाहरूको नियमित देखरेख र स्यास-सम्भार गर्न पर्ने खाँचो देखिएको छ। खरसाङ्को मोटर स्ट्याण्डदेखि केही माथि वर्द्धवान रोडको भित्तामा रहेको खरसाङ शहरको नक्सा अनि टाइल्सद्वारा निर्माण गरिएको सानो रेलको प्रतिकृति धेरै समयदेखि स्यार-सम्भारको अभावमा रहेको छ। आकर्षक ढंगमा निर्माण गरिएका यी सुन्दरीकरणका संचनाहरूले बाहिरबाट आएका मानिसहरूलाई आकर्षित गर्ने, शहरको सुन्दरतामा बल मिल्ने भए तापनि अहिले स्यार-सम्भारको अभावमा जीर्ण बन्दै गएको छ। स्यार-सम्भारको अभावमा यहाँको शहर सुन्दरीकरणको संरचना झारपातले छोपेको अवस्थामा रहेको छ भने रंग उड़ेर गएको कारण विकृत अवस्थामा पुगेको छ। टायल्सद्वारा निर्मित संरचनाको टायल्सहरू उप्कन थालेको अवस्थामा पाइएको छ। यसै गरी एसडीपीओ कार्यालयको मुनि राष्ट्रिय राजमार्गको भित्तामा निर्माण गरिएको ल्याण्ड अफ ह्वाईट अर्किड लेखिएको सुन्दरीकरणको संरचना पनि वर्तमानमा जीर्ण बनिसकेको छ। विगत वर्षमा यस संरचनालाई सफा गर्ने कार्य गरिएको भए तापनि यसको मरमति र रंग लगाउने कार्य भने नगरिएको मानिसहरूले बताएका छन्‌‍। यसको छेवैमा भित्तमा बनाइएको एउटा सुन्दर प्रेरणादायी चित्र वर्तमानमा पूर्ण रुपले मेटिएको छ, चित्र मेटिएपछि वर्तमानमा यो स्थानमा पोष्टर टाँस्ने गरिएको छ। यसै गरी यहाँको अस्पताल मोड़मा रहेको पर्यटक गाइड म्याप पनि थोत्रे भएर नष्ट भएको धेरै वर्ष भइसकेको भए तापनि अहिलेसम्म नयाँ म्याप लगाउने कार्य गरिएको छ। म्याप लगाइएको उक्त फ्रेम अहिले बाँदर खेल्ने स्थान बनेको छ। शहरमा रहेका यी सुन्दरीकरणका संरचना अनि साइन बोर्डहरूको देखरेख नियमित गर्न पर्ने अनि समय-समयमा यस्ता संरचनाहरूको मरमति र रंग लगाउने कार्य गरिन पर्ने आवश्यक रहेको छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ