सोनादा क्षेत्रमा पटक पटक बिजुली बत्ती जाने समस्याको समाधानका लागि विभाग समक्ष ज्ञापन

Share this news

सोनादा , (निसं): सोनादा क्षेत्रमा लगातार रुपमा बिजुली बत्तीको समस्या रहेकोले स्थानीय जनप्रतिनिधिहरुको साथमा स्थानीय बिजुली उपभोक्ताहरूले सोनादास्थित विद्युत्‌‍ कार्यालयमा गएर स्टेशन म्यानेजरलाई लिखित ज्ञापन पत्र बुझाएका छन्‌‍। सोनादा क्षेत्रमा पटक पटक रुपमा बिजुली बत्ती जाने हुनाले स्थानीय उपभोक्ताहरुलाई धेरै असुविधा भईरहेको विषयमा उक्त ज्ञापन पत्र बुझाएको बताइएको छ। उक्त ज्ञापन पत्र बुझाउने टोलीमा पञ्चायत समिति सदस्य सुमन बम्जन, लोवर सोनादा ग्राम पञ्चायतको उप प्रधान थिलेन लामा लगायत अप्पर र लोवर सोनादा ग्राम पञ्चायतको जनप्रतिनिधिहरु र स्थानीयहरु उपस्थित रहेका थिए। उक्त टोलीले सोनादाको राते माटोस्थित विद्युत्‌‍ विभागको कार्यालयमा पुगेर स्टेशन म्यानेजर जेई प्रतिक्षा छेत्रीलाई भेटेर लिखित ज्ञापन पत्र बुझाएका छन्‌‍। विशेष गरेर सोनादा क्षेत्रमा पटक पटक बिजुली बत्ती जाँदा स्थानीयहरु, विद्यार्थीहरु, ग्राम पञ्चायत कार्यालयमा स्थानीयहरुका लागि काम गर्नलाई धेरै असुविधा भईरहेको जानकारी गराइएको छ। उक्त टोलीले स्टेशन म्यानेजर समक्ष सोनादा क्षेत्रमा लगातार रुपमा बिजुली बत्ती जाने समस्या समाधानको लागि झट्टै पहल गरिदिने र यस समस्याको समाधान गरिदिने निवेदन गरेका छन्‌‍। यस ज्ञापन पत्र विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पञ्चायत समिति सदस्य सुमन बम्जन, लोवर सोनादा ग्राम पञ्चायतको उप प्रधान थिलेन लामाले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍। यसको साथै स्टेशन म्यानेजर प्रतिक्षा छेत्रीले यस विषयमा आफ्नो तर्फबाट पनि स्पष्टीकरण दिएकी छन्‌‍। उनले आफूहरू उपभोक्ताहरुको समस्या समाधानको लागि नै बसेको बताउँदै सोनादा क्षेत्रमा बिजुली बत्ती गएको कारण मेन लाइनमा मरमत्तिको कार्य चलिरहेकोले हो र यो समस्या वर्तमान प्राकृतिक प्रकोपको कारण पनि सृजना भएको बताइन्‌‍। उनले यो समस्याको समाधान गर्न झट्टै पहल गर्ने आश्वासन पनि दिएकी छन्‌‍।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ