गुरुङ जातिले जनजातिको मान्यता नपाएसम्म एकमुष्ट भएर संघर्ष जारी राखिने

Share this news

खरसाङ, (निसं): गुरुङ जातिले जनजातिको दर्जा प्राप्त नगरेसम्म अखिल भारतीय गुरुङ तमु बौद्ध संगठनले कार्य गरिरहने र यसको निम्ति गुरुङहरू एकमुष्ट रहनु पर्ने संगठनका केन्द्रीय समिति अध्यक्ष आनन्द तमुले बताएका छन्‌‍। तिनले अखिल भारतीय गुरुङ तमु बौद्ध संगठनको माध्यमबाट गुरुङहरूले दीर्घ दिनदेखि संघर्ष गर्दै आएको भए तापनि अहिलेसम्म जनजातिको दर्जा प्राप्त गर्न नसकेकोमा खेद प्रकट गरे। तथापि तिनले यो संघर्ष आगामी दिनमा पनि जारी रहने बताउदै सबै यसको निम्ति अघि आउन पर्ने बताए। तिनले हालैमा डुवर्सको दलगाउँमा सम्पन्न भएको संगठनको त्रैमासिक सभामा यस्तै निर्णय गरिएको पनि जनाएका छन्‌‍। दिनले दिएका जानकारी अनुसार संगठनका त्रेमासिक सभामा तिनकै अध्यक्षतामा दलगाउँको सार्वजनिक भवनमा सम्पन्न भयो। संगठनका उपसभापति विजय गुरुङ, केन्द्रीय समिति महासचिव कलावती गुरुङ, कालेबुङ जिल्ला समितिका सभापति केशव गुरुङ, मूलसचिव भीम गुरुङ, खरसाङ महकुमा सभापति खुश बहादुर गुरुङ, कार्यकारिणी समिति सदस्य उत्तम गुरुङ, रतन गुरुङ, केन्द्रीय समिति प्रचार सचिव अजय गुरुङ, डुवर्सको महकुमा समितिका प्रचार प्रसार सचिव मिलन गुरुङ, चारखोल गुम्बाका सभापति रेकमान गुरुङ, गुम्बा सञ्चालन समितिका सचिव दिपेन गुरुङ, माङ्पङ शाखाका सभापति चन्द्रप्रकाश गुरुङ, केन्द्रीय समितिका सदस्यहरू, रोङ्गो, दलगाउँ-45, झोलुङ, गैरीबासका प्रतिनिधिहरू उक्त सभामा उपस्थित थिए। दलगाउँ शाखाका सचिव शेरशाह गुरुङले स्वागत भाषण राखेका उक्त सभामा केन्द्रीय समिति महासचिव कलावती गुरुङले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै गुरुङ समुदायले कसरी ओबीसी प्रमाण पत्र प्राप्त गर्ने भन्ने विषयमा विस्तार पूर्वक जानकारी गराएकी थिए। कालेबुङ जिल्ला समितिका मूल सचिव भीम गुरुङले गुरुङ समुदायको संस्कृति-संस्कारको बारेमा वक्तव्य राखेका थिए। चारखोल गुम्बाका रेकमान गुरुङले गुरुङ गुम्बाहरूको संरक्षण र सम्बर्द्धन गर्न आवश्यक रहेको सभामा बताएका थिए। तिनले आगामी गुरुङ अधिवेशनको औचित्यबारे पनि सभामा प्रकाश पारेका थिए। गुरुङ भाषा विद उमा गुरुङले गुरुङ भाषालाई कसरी जीवित राख्न सकिन्छ भन्ने बारेमा बताएकी थिइन्‌‍। खरसाङ महकुमा समितिका सभापति केबी गुरुङ, सिलगुडी महकुमा समितिका सचिव सुमेस गुरुङ, डुवर्सका मिलन गुरुङ, गोरुबथानका प्रमेश गुरुङले आ-आफ्नो प्रतिवेदन पेश गरेका थिए। रोङ्गो शाखाका सचिव जय कुमार गुरुङले सभाको सञ्चालन गरेका थिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ