किन जलन भयो, समर्पित महिला सम्मानित हुँदा? : बिधायक जिम्बा

Share this news

दार्जीलिङ, 20 जुन(निसं): राजनीतिमा कहिलेकाही यस्ता क्षणहरू आउँछन्, जुन क्षणहरू केवल पद वा सत्ता होइन, आत्मा र दृष्टिकोणको उचाइमा पुग्दछ भनी बताउदै दार्जीलिङ जिल्ला भाजनि विधायक तथा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा(गोरामुमो)सेक्रेटरी जेनेरल निरज तामाङ जिम्बा एक प्रेस विज्ञप्ति जारी गरेका छन्।जारी प्रेस विज्ञप्तिमा विधायक जिम्बले भनेका छन्,र्खाल्याण्ड क्षेत्रीय प्रशासन(जीटीए)-द्वारा,  सुवास घिसिङ स्मृति सर्वोच्च नागरिक सम्मान-2025 को पहिलो सम्मान पूर्व विधायक रेणुलिना सुब्बालाई चयन गरिनु एक ऐतिहासिक क्षण हो। यो केवल एक सम्मान-पत्र होइन, यो सचेत विचारको संकेत हो, राजनैतिक  सभ्यताको प्रमाण हो, र संकेत हो कि पहाडको राजनीति अब विगतका कट्टरताहरूलाई पछाडि छोड्दै पुनर्मिलन र परिपक्वताको बाटो समात्न सक्षम भइसकेको छ।
जिम्बाले भनेका छन्, र्वप्रथम यो स्पष्ट गरौं यो पुरस्कार गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले होइन,जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनुस्ट्रेसन)-द्वारा  प्रदान गरिने छ। जीटीए एउटा निर्वाचित स्वायत्त निकाय हो, र यसले आफ्नो सन्तुलित निर्णय मार्फत राजनैतिक रूपमा विभिन्न  विचारधाराको व्यक्तित्वलाई छान्नु हिमाल जत्तिकै कठिन तर सम्मानजनक कार्य हो।आईरन लेडी-को रूपमा चिनिने रेणुलिना सुब्बाको सामाजिक सेवा, सिन्कोना बस्तीहरूको अधिकारका लागि आवाज उठाउने योगदान,जनसेवाप्रतिको निष्ठाको कदर हो।
उनले अझ भनेका छन्, रेणुलिना सुब्बाको जेठो छोरा देशभक्त सुब्बाले पत्रकार सम्मेलन गरेर पुरस्कारको विरोध गरे। उनको भनाइ अनुसार, 1986 सालको गोर्खाल्याण्ड आन्दोलनका क्रममा  सुवास घिसिङ र गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले उनीहरूकै परिवारमाथि अन्याय, बहिष्कार र हत्या प्रयास गरेका थिए। उनको प्रश्न थियो त्यो नेताको नाममा सम्मान कसरी मेरो आमालाई दिने? किन हामी त्यो पुरस्कार स्वीकार्ने? जिम्बाले भनेका छन्, तर एकछिन होसमा आएर देशभक्तले सोचुन, यो पुरस्कार देशभक्तलाई होइन,उनकी आमालाई दिइएको हो।एक स्वतन्त्र र परिपक्व महिला, एक अनुभवी विधायकले यो निर्णय राजनैतिक  बौद्धिकताको आधारमा लिएको हो, परिवारिक अनुमति लिएर होइन।
आफ्नै आमाको निर्णयमाथि सार्वजनिक असहमति जनाउनु तपाईंको व्यक्तिगत अधिकार हुन सक्छ, तर यसलाई मिडियामा नाटक बनाउनु देशभक्त सुब्बा परिपक्वताको अवसान हो। यदि हरेक पुरस्कार पुराना चोटपटकको आधारमा रोक्नुपर्छ भने,नेलशन मण्डेलाले जेलरहरूसँग हात मिलाउँदैनथे,अटल बिहारी वाजपेयीले नरसिंह रावको प्रसंशा गर्दैनथे, र ममता व्यानर्जीले ज्योति बसुलाई आशीर्वाद माग्दै खुट्टा छुन्थिनन्। जिम्बाले अझ भने, अझ दुर्भाग्यपूर्ण त के छ भने, केही समाचार माध्यमहरूले यसलाई राजनैतिक बहस होइन, घरेलु धारावाहिक बनाइदिएको छ। एउटा  माताले गरिमासाथ सम्मान स्वीकृत गर्छिन्, छोराले मिडियासामु झोक देखाउँछन्, र केही पत्रकारहरूवदर्शकसंख्य बढाउनलाई यसलाई ट्रेनडिङ विवाद बनाउने कोसिस गर्छन्। सोध्न मन लाग्छ जनसेवामा समर्पित महिला सम्मानित हुँदा किन जलन भयो?
मिडियाको कर्तव्य हो, संचेत बनाउनु, होइन कि चिउरा-चटनी बनाउनु। गर्व गर्नुपर्ने कुरा के हो भने जीटीए, गोर्खा राष्ट्रिय मुक्ती मोर्चा वा भजपा नभएर, एक यस्तो शासन संयन्त्र हो, जसले विचारधारा भन्दा माथि उठेर सेवा गर्ने व्यक्तित्वलाई सम्मान गरेको छ। मुख्य कार्यकारी अनित थापा, गोरामुमो अध्यक्ष मन घिसिङ, स्वयं र सबैले यो निर्णयलाई सहर्ष स्वागत गरेका छन्।  राजनीतिमाबदुशन होइन प्रतिस्पर्धीको पनि सम्मान गरिन्छ भन्ने चेतना ल्याउने काम हो। र यसैमा साँचो लोकतन्त्रको सुगन्ध पाइन्छ म अन्त्यमा: आमाले बोल्न दिउँ, छोराले सोच्ने बानी गरौं ।रेणुलिना सुब्बाले बोलेकी छिन् , सम्मानपूर्वक, सन्तुलनपूर्वक, र स्पष्ट रूपमा।उनले सुवास घिसिङलाई दलीय विरोधी होइन, जातीय इतिहासका स्तम्भको रूपमा कदर गरे।

Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ