गोर्खा राष्ट्रिय मुक्ति मोर्चा तीनधारे सुकना समष्टिको आयोजनामा शहीद दिवस

Share this news

तीनधारे,27 जुलाई(निसं): तीनधारेको चिल्ड्रेन पार्कस्थित शहीद वेदी प्रांगणमा समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रम समष्टि अध्यक्ष जेबी गुरूङ्को अध्यक्षमा 39 औं शहिद दिवस पालन कार्यक्रम सम्पन्न भयो। सर्वप्रथम गोर्खाल्याण्ड आन्दोलनमा आफ्नो प्राणको आहुति दिएका सबै शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष अनि विशिष्ट अतिथिहरुद्वारा दिप प्रज्वलन गरी खदा माला लगाएर शहीदप्रति नमन अर्पण गरियो।ङ्गसमारोहलाई सम्बोधन गर्दै अध्यक्ष जेबी गुरूङले पुनः शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै 1986 को दशकमा अतुल्य सुवास घिसिङ्को नेतृत्वमा हाम्रो राष्ट्रिय परिचय गोर्खा किपटको निम्ति गोर्खाल्याण्डको एउटा भीषण आन्दोलन भयो। यो आन्दोलनले देखाएको हाम्रो सपना शहीदको सपनालाई साकार पार्न वर्तमान अध्यक्ष मन घिसिङ बौद्धिक अनि राजनैतिक चतुरता अनि धैर्यतापूर्वक संघर्षरत छन्‌‍? भनी बताएका छन्। उनले भने, निकट दिनमा शहीदको सपना पूर्ण हुनेछ। यो हामीलाई विश्वास छ।ङ्ग आजको यो पवित्र दिनमा आफ्नो बहुमूल्य समय दिएर उपस्थित हुन भएका सबैलाई धन्यवाद ज्ञापन गर्दै आजको समारोह समाप्त भएको घोषणा गरेला थिए। यस शहीद दिवस समारोहमा समष्टिको मूल सचिव प्रमोद थापा, नारी एकाईका सभानेत्री शीला प्रधान, केन्द्रीय समितिको सदस्यमा आनिता लामा, महुकुमा समिति सदस्य अशोक सुब्बा अनि विभिन्न शाखाको प्रतिनिधिहरू उपस्थित रहेको थियो। कार्यक्रमलाई पूर्ण गुरुङले सञ्चालन गरेका थिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ