सिंगेल चियाबारीको नयाँधुरा निवासी सुबला देवानको घर पञ्चायत प्रधानले आफ्नै खर्चमा

Share this news

खरसाङ , (निसं)ः खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान प्रधान सहदेव तामाङले सिंगेल चियाबगान अन्तर्गत नयाँधुरा गाउँको सुबाला देवानको घर निजी कोषबाट बनाई दिने भएको छ। उक्त घरको निर्माणको लागि आज शिलान्यास पनि गरिएको छ। उक्त शिलान्यास कार्यक्रममा टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पा, सन्त मेरिज दुई ग्राम पञ्चायतको पञ्चायत प्रधान सहदेव तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। सिंगेल चियाबारीको नयाँ धुरा निवासी सुबला देवानको घर पञ्चायत प्रधान सहदेव तामाङले आफ्नै निजी खर्चमा निर्माण गरिदिने भएको छ। यस विषयमा उनले सुबला देवानको घर निजी कोषबाट निर्माण गरिदिने वाचा गर्दै आज यसको लागि शिलान्यास गरिएको पनि बताएका छन्‌‍। उनले भने, स्थानीय पञ्चायत सदस्याले लगातार रुपमा आफुलाई एकजनाको घर जीर्णावस्थामा रहेको जानकारी गराएकी थिइन्‌‍। यसको आधारमा गएर निरीक्षण गर्दा घरको अवस्था निक्कै जीर्णावस्थामा रहेको देखेर आफ्नै निजी खर्चमा घर निर्माणको लागि शिलान्यास गरिएको जानकारी गराएका छन्‌‍। आफ्नो जीर्णावस्थामा रहेको घर निर्माण गरिदिने भएपछि आज शिलान्यास गरिएको र यसको लागि सुबला देवानले पञ्चायत प्रधान र सभासदलाई धन्यवाद दिएकी छन्‌‍। उनले आफ्नो जीर्णावस्थामा रहेको घर पञ्चायत प्रधानले बनाई दिएकोमा खुसी व्यक्त गर्दै बर्खामा सबै पानी चुहुने भएको र घरको अवस्था देखेर आफुले भन्नासाथ बनाई दिने भएकोमा धन्यवाद दिएकी छन्‌‍।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ