चितुवाबाट सुरक्षाको निम्ति मन्टिभिएट ग्राम सुधार समितिको माग

Share this news

खरसाङ, 24 जुलाई (मोहन प्रसाद)ः खरसाङस्थित मन्टिभिएट चिया बगानमा गत केही समयदेखि चितुवाको आतंक बढ़ेकोले उक्त विषयलाई गम्भीरतापूर्वक लिँदै मन्टिभिएट ग्राम सुधार समितिको पक्षबाट चिया बगान प्रबन्धक पक्षलाई उचित पहलको निम्ति अनुरोध गरिएको छ भने यस विषयमा वन विभागलाई पनि एउटा लिखित जानकारी दिइने छ भनी समितिका अध्यक्ष प्रणय रोकाले जनाएका छन्‌‍। खरसाङ्मा पत्रकारहरूसित बोल्दै समितिका अध्यक्ष प्रणय रोका साथै सचिव आशीष राईले भने, मन्टिभिएट ग्राम सुधार समिति सधैं स्थानीय मानिसहरूको प्रत्येक सुख-दुःखमा उभिएको हुन्छ। यसैले स्थानीय ग्रामवासीले भोग्दै गरेको विभिन्न समस्या समाधान गर्न लागि परिरहेका हुनेछौँ। फलस्वरूप, वर्तमानमा मन्टिभिएट चिया बगान क्षेत्रको विभिन्न ठाउँमा रहेको चितुवाको आतंकलाई लिएर समिति गम्भीर रहेको छ । यस विषयमा समितिको पक्षबाट उचित पाईला चाल्दै मन्टिभिएट चिया बगानका प्रबन्धक पक्षलाई जनाउने कार्य गरिएको छ। त्यति मात्र होइन, समिति द्वारा मीडिया मार्फत्‌‍ वन विभाग एवं अन्य सम्बन्धित निकायहरूको पनि चितुवा रगरगी विषयमा ध्यानाकर्षण गराउने कार्य भईसकेको छ । यस अवधि बगानपक्षबाट वन विभागलाई खबर गर्ने कार्य भईसकेको छ। यस विषयमा वन विभागलाई एउटा लिखित जानकारी पनि समितिको पक्षबाट दिइने निधो भईसकेको छ। तिनले अझ जनाए अनुसार, मन्टिभिएट क्षेत्रमा चितुवा देखिएको घटना कुनै प्रथम वा नौलो घटना होइन्‌‍, विगत धेरै समयदेखि यस क्षेत्रमा चितुवा देखिएको देखिएको थियो, कुकुर, बिरालो, सुँगुर, कुखुरा आदि पाल्तु जनावर चितुवाले लगेको घटनाहरू बगानको तल्लो भेकमा निरन्तर घटिरहेको छ। चितुवाले अहिलेसम्म कुकर, बिरालो, खुखुरा सुँगुर आदि मात्र गाउँबाट लाने गरिरहेको छ भने आउँदो दिनमा मानिसलाई पनि आक्रमण नगर्ला, ठूलो क्षय-क्षति नपुऱ्याउला भन्न सकिन्दैन। यसैले यस विषयमा गम्भीरता पूर्वक कार्य गर्न पर्ने आवश्यकता रहेको छ। तिनले थप जनाए अनुसार, गाउँ-घरमा बुढ़ा-पाका, बाल-बालिकाहरू पनि रहेको छन्‌‍, तिनीहरूलाई चितुवादेखि धेरै जोखिम बनेको छ। क्षेत्रमा रहेको जंगली जनावरहरूले कुनै समय पनि नोक्सान पुऱ्याउन सक्छ। मन्टिभिएट रोडस्थित जिरोदेखि बगानको तल्लो भेगसम्म पुग्न लगभग 1.5 किलो मीटरको बाटोको किनारमा स्ट्रीट लाइट जड़ान को धेरै आवश्यकता रहेको पनि रोकाले बताए । गाउँ-घरका धेरै विद्यार्थीहरू ट्युसन पढ़ेर साँझको समयमा फर्किने गर्छन्‌‍। यस बाहेक मर्निङ वाकको निम्ति पनि बजारबाट मानिसहरू उक्त क्षेत्रमा आउने गर्छन्‌‍ भनी बताउदै रोकाले यिनीहरूको सुरक्षाको निम्ति पनि स्ट्रीट लाइटको आवश्यकतामाथि जोर दिए। यस विषयमा पनि मीडिया मार्फत्‌‍ जीटीए अनि सम्बन्धित ग्राम पञ्चायतको ध्यानाकर्षण गराइएको तिनले बताए। ज्ञात रहोस्‌‍, गत दुई-तीन सप्ताह देखि मन्टिभिएट चिया बगान क्षेत्रको तल्लो भेगमा कालो चितुवा संगै थोप्ले चितुवाको रगरगी बढ़ेर गएको छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ