जतासुकै गाड़ी पार्किङ गर्दा बढ़दैछ समस्या

Share this news

खरसाङ, (निसं)ः खरसाङ्मा कुनै सार्वजनिक पार्किङ स्थल छैन, पार्किङ स्थल नभएपछि चालकहरूले शहरदेखि विभिन्न वार्डहरूमा जाने बाटो, पंखाबारी रोड, कप्तान रामसिंह ठकुरी पथ, डाउहिल रोड, मन्टभियट रोड, आईएनए बस टर्मिनशमा वाहन पार्किङ गर्ने गरेका छन्‌‍। यी विभिन्न स्थानमा वाहन पार्किङ गर्दा अति ध्यान पुऱ्याएर वाहन पार्किङ गर्नु पर्ने आवश्यकता देखिएको छ। खरसाङ्को विभिन्न मार्गमा यसरी वाहन पार्किङ गर्दा अन्य वाहन चालक, जनसाधरण र कुनै समय सानो रेललाई समेत समस्या हुने गरेको पाइएको छ। आइतवार खरसाङ्को टुरिष्ट लज नजिक एउटा वाहन यसरी लापारवही पूर्ण तरिकाले राखिएकोले यस्तै समस्या सृजना भएको थियो। उक्त स्थानमा उकालो जाने बाटोमा पार्किङ गरिएको एउटा कारले गर्दा सानो रेल छिर्न सकेन। रेल चालकले रेल रोकेर निकै समय पर्खनु परेको थियो। दार्जीलिङ तर्फबाट आएको उक्त रेललाई रेल चालकले बलजफ्ति त्यहाँबाट पार गराएको भए त्यहाँ राखिएको नयाँ कार क्षतिग्रस्त हुने थियो। रेल चालकले रेल रोकेर गाड़ी क्षति हुनबाट जोगाए तथापि यस स्थानमा रेल रोकिन्दा रेलमा सवार पर्यटक, यो बाटो भएर हिँड़ने मानिसहरू, यो बाटोमा गाड़ी कुदाउने चालक र यात्रीहरूले समस्याको सामना गर्न पऱ्यो। यसरी गाड़ी रोकेर राखिएकोमा आपत्ति जनाउदै स्थानीय समाजसेवी निर्मला बराइलीले यसरी गाड़ी रोकेर राख्न नहुने बताइन्‌‍, तिनले उक्त घटनाको भिडियो आफ्नो सामाजिक सञ्जालमा पनि पोष्ट गरिन्‌‍। केही समयपछि चालक आएर उक्त गाड़ी त्यहाँबाट हटाएका थिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ