तीनधारेमा नेपाली भाषा मान्यता दिवस पालन

Share this news

तीनधारे, (निसं): साहित्य कला संस्थान्‌‍ तीनधारेको आयोजनामा तीनधारेमा नेपाली भाषा मान्यता दिवस पालन गरिएको छ। साहित्य कला संस्थान्‌‍ तीनधारेको अध्यक्ष रञ्जनकुमार रसाइलीको अध्यक्षता र तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भाषा मान्यता दिवस कार्यक्रमलाई उत्तम शर्माले सञ्चालन गरेका थिए। कार्यक्रममा भाषा मान्यता दिवस र नेपाली भाषा मान्यताको आन्दोलन विषयमा साहित्य कला संस्थान्‌‍ तीनधारेको मूल सचिव सन्तोष लामा, दिपक प्रधान, उत्तम गिरी र विनयकुमार छेत्रीले वक्तव्य राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि सभासद नवराज छेत्रीले नेपाली भाषालाई लिएर भविष्यमा नयाँ पुस्तालाई अलिक जागरुक गराउन पर्ने आवश्यकतामाथि जोड दिएका छन्‌‍। कार्यक्रममा अध्यक्षीय सम्भाषण एंव धन्यवाद ज्ञापन सभाध्यक्ष रञ्जनकुमार रसाइलीले राखेका थिए। कार्यक्रममा साहित्य कला संस्थान्‌‍ तीनधारेको सदस्यहरु उपस्थित रहेका थिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ