खण्ड विकास अधिकारीसँग भेटवार्ता

Share this news

खरसाङ, (निसं): बुधबार दार्जीलिङ पुल बिजनबारी खण्ड अन्तर्गत रहेका विभिन्न चर्चका पास्टर, एल्डरहरूद्वारा दार्जीलिङ पुल बिजनबारीका खण्ड विकास अधिकारीसँग भेटवार्ता गरेको जानकारी प्राप्त भएको छ भेटवार्तामा विशेषगरी अल्पसंख्यक समूदायले भोग्न परिरहेको असुविधा अनि धेरै सरकारी सहुलियतहरूबाट वञ्चित रहेको अवगत गराउँदै ङ्गअबउसो अल्पसंख्यक समूदायका परिवारहरू अब हेलित नहोस भन्न हेतु जोइण्ट फोरम पहाड़ तराइ ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनलेङ्गप्रत्येक खण्डहरूमा आफ्नो प्रतिनिधि तयार गर्ने बताइएको छ ब्लक अन्तर्गत रहेका प्रत्येक समष्टिमा फोरमद्वारा अवश्यकता अनुरुप एक वा दुइजना गरेर प्रतिनिधि दिइनेछ भने बुधवार सोही अनुरुप दार्जीलिङ पुल बिजनबारीका समष्टि संयोजक पनि चयन गरियो। यस भेटवार्तामा खण्ड विकास अधिकारीले प्रतिनिधिहरूलाई स्वागत गर्दै आगमी दिनहरुमा आफूबाट हुने सबै प्रकारको सहयोग गर्ने वचन दिए। तिनले उन्नति र विकासको निम्ति मिलेर काम गर्न सके धेरै राम्रो हुने धारणा स्पष्ट पारे। यस भेटवार्तामा जोइण्ट फोरमको पक्षबाट खण्ड विकास अधिकारीलाई धन्यवाद दिइयो। यता जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको पक्षबाट केन्द्रिय उपाध्यक्ष पास्टर रोशन गुरुङ,मूल सचिव पास्टर अशिम राई अनि प्रवक्ता पास्टर लोक विजय राईले अगुवाई गरेका थिए भने क्षेत्रिय पास्टर अमित सुब्बाले यस कार्यक्रममा सहयोग पुर्य़ाएका थिए। अब दार्जीलिङ पुल बिजनबारी खण्ड कार्यलय अन्तर्गत हुने अल्पसंख्यक समूदायहरूमा हुने सबै विकास कार्यको सूचना यस टिमलाई पनि हुनेछ भनी जनाइयो भने जोइण्ट फोरमले जीटीएका सबै ब्लकहरूमा अब आफ्नो प्रतिनिधि दिनेछ भन्ने कुराको पनि पास्टर लोक विजय राईले जानकारी दिएका छन्‌‍।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ