प्राण घातक हमला गर्ने कल्पनालाई 7 वर्षको कारावास सजाय

Share this news

दार्जीलिङ,20 जुन(निसं): ऋणमा रुपियाँ लगेको झमेला लिएर आक्रोसित बनेर ऋण लिने महिलामाथी प्राण घातक हमला गरेको आरोप पक्राउ परेकी 53 वर्षीय कल्पना शर्मालाई दार्जीलिङ जिल्ला अदालतको सत्र अदालतमा दोषी प्रमाण भएपछी कल्पना शर्मालाई सत्र अदालत न्यायाधीश जिमुद बाहन विश्वासले दण्ड धारा 307 अन्तर्गत 7 वर्षको सश्रम कारावासको साथै 10 हजार रुपियाँको जरीमाना अनि यदि जरीमानाको 10 हजार रुपियाँ भुक्तान नगरे उनीमाथी थप तीन महिनाको हुने सजाय सुनाएको दार्जीलिङ अदालत सरकारी वकिल प्रणय राईले जानकारी दिएका छन्। सरकारी वकिल राईले बताए अनुसार, दार्जीलिङको अमर ग्राम निवासी दोषी कल्पना शर्माले ऋण दिने गर्थी, उनीबाट आउँका सुषमा छेत्री मुखियाले एक लाख रुपियाँ लगेकि थिइन्। सुष्माले ऋण फर्काउन नसकेर त्यो एक लाख रुपियाँ बडेर 2 लाख 80 हजार रुपियाँ पुगेको थियो। यस ऋण सम्बन्धमा ऋण दिने कल्पना शर्मा अनि ऋण लाने सुष्मा छेत्री मुखिया माझ झमेला भइरहने अनि दोषी कल्पनाले सुष्मालाई धम्काउने र उनले साथ सानो हतियार पनि बोक्ने गर्थिन्। कल्पना शर्माले थानामा पनि यसबारे प्राथामिकी दर्ता गरेका थिए। यस्तै समय कल्पनाले सुष्मामाथी प्राण घातक हमला गरेकी थिइन्,हमलामा सुष्मा घाइते भएर दार्जीलिङ जिल्ला अस्पतालमा उपचार गरेर छुट्टी पनि भएको थियो। राईले अझ बताए अनुसार, यश मुद्दाको लगभग 11 महिना छानबिन भएपछी कल्पनालाई दोषी मान्दै कारावास सजाय सुनाइयो। यसप्रकारको भारतीय दण्ड ऐनको 307 धारा अन्तर्गत कारावासको सजाय जिल्ला अदालतबाट प्रथम चोटि सुनुवाइ भएको हो।



Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ