बलिदान दिवसको अवसरमा गाड़ीधुरा नवदीप परिवारले खुल्ला कविता आवृत्ति प्रतियोगिता गर्ने

Share this news

पङ्खाबारी, (निसं)ः खरसाङ खण्ड अन्तर्गत गाड़ीधुराको एउटा सामाजिक संस्था गाड़ीधुरा नवदीप परिवारले आगमी 25 अगस्त 2025 को दिन 81 औँं बलिदान दिवस पालन गर्ने भएको छ। यसबारे जानकारी गराउन यहाँ एउटा प्रेस भेलाको आयोजना गरिएको थियो। कार्यक्रमबारे अवगत गराउँदै क्लबको पक्षबाट अनुप रामुदामु अनि रोशन विश्वकर्माले बताए अनुसार गोर्खा स्वतन्त्रता सेनानी शहीद मेजर दुर्गा मल्ललाई अंग्रेज शासकद्वारा फाँसी दिइएको दिनलाई स्मरण गर्दै श्रद्धाञ्जली कार्यक्रम पालन गरिनेछ। उक्त दिन हुने कार्यक्रममा गाड़ीधुरा बजारमा अवस्थित शहीद मेजर दुर्गा मल्लको सालिगमा श्रद्धाञ्जली अर्पण गर्ने त्यसपछि गाड़ीधुरा सार्वजनिक भवनमा रक्तदान शिविरको पनि आयोजना गरिने भएको छ। त्यसरीनै कार्यक्रममा अन्तमा ‌‘म कवि‌’ खुल्ला कविता वाचन प्रतियोगिता आयोजना गरिने जानकारी गराएका छन्‌‍। त्यस प्रतियोगितामा अंशग्रहण गर्नको निम्ति क्लबको पक्षबाट प्रवेश फारम साथै नियमवाली आगमी 5 अगस्तदेखि उपलब्ध गराइने औ यी फारमहरूको निम्ति खरसाङ्मा सुवास छेत्री “भावुक”, सुर्दशन प्रधान “अम्बटे” सित सम्पर्क गर्ने साथै क्लबका सदस्यहरूसित पनि सोझै सम्पर्क गरेर लैजान सक्ने जानकारी गराएका छन्‌‍। बलिदान दिवस श्रद्धाञ्जली कार्यक्रमबारे अघिल्ला दिनहरूमा सञ्चार माध्यमबाट अधिक जनाकारी दिइने पनि तिनीहरूले बताएका छन्‌‍। यस प्रेस भेलामा क्लबका सभापति गोबिन्द छेत्री, सचिव रोशन विश्वकर्मा, कोषाध्यक्ष सुवास छेत्री अनि आनन्द विश्वकर्माको विशेष उपस्थिति रहेको थियो भने क्लबका पक्षबाट सम्पूर्ण साहित्य प्रेमी, भाषा अनुरागीहरूलाई कविता वाचन प्रतियोगितामा अंशग्रहण गरिदिने आग्रह गरिएको छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ