गोर्खे हाटको चित्र बनाउ प्रतियोगितामा 50 विद्यार्थी सहभागी

Share this news

खरसाङ, (निसं): खरसाङको गोर्खे हाट सञ्चालन समितिको आयोजनामा खरसाङका विभिन्न विद्यायलयमा अध्ययनरत 50 विद्यार्थीलाई लिएर बस अनि चित्र बनाउ प्रतियोगिता सम्पन्न गरियो। खरसाङ टुरिष्ट लज नजिक गोर्खे हाट लाग्ने स्थानमा रहेको रेलवे इन्सटिच्युटमा सम्पन्न भएको यो प्रतियोगितामा दार्जीलिङ हिमालयन रेलवेका निर्देशक ऋशव चौधरी मुख्य अतिथिको रुपमा उपस्थित रहेका थिए। प्रतियोगिताको निर्णायकको रुपमा हिमाली बोर्डिङ स्कूलका आर्ट शिक्षक प्रणय प्रधान उपस्थित रहेका थिए। यस प्रतियोगितामा भिक्टोरिया बोईज स्कूलका विद्यार्थी अनमोल छेत्री प्रथम, हिमाली बोर्डिङ स्कूल शिक्षाका अंशिका रसाइली दोस्रो अनि सन्त अल्फन्सेस प्राइमेरी अभिज्ञान बम्जन तेस्रो भए। प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई प्रमुख अतिथि, निर्णायक अनि गोर्खो हाट सञ्चालन समितिका पदाधिकारीहरूको बाहुलीबाट उपहार अनि प्रमाण पत्र प्रदान गरियो। प्रतोयिगितासमा सहभागी सबै विद्यार्थीहरूलाई प्रमाण पत्र प्रदान गरियो। कार्यक्रममा गोर्खे हाट सञ्चालन समितिका अध्यक्ष विजय सिञ्चुरी, सचिव महेश छेत्री, संयोजक सन्त बहादुर गुरुङ, सहसचिव रमोद गुरुङ, सहकोषाध्यक्ष रोहित गुरुङ, कार्यकारिणी समिति सदस्य ललिता शेर्पा, स्मृति प्रधआन अनि अन्यान्य सदस्यहरूको उपस्थिति रहेको थियो। गोर्खा हाट सञ्चालन समितिका सहसचिव रमोद गुरुङलेे यो चित्रकला प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य स-साना विद्यार्थीहरूलाई गोर्खे हाट, गोर्खे संस्कृति, खानपीन आदि विषयमा जानकारी गराउदै चित्रकलाको रुची बढ़ाउने हो भनी बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ