बीस प्रतिशत बोनसको लागि भागोप्रमो ट्रेड युनियनद्वारा चियाबारीहरुमा गेट मिटिङ गरेर अनित थापालाई दिए धन्यवाद

Share this news

खरसाङ, (निसं): पश्चिम बङ्गाल सरकारको श्रम विभागबाट यसपाली चियाबारी श्रमिकहरुलाई 20 प्रतिशत बोनस दिनु पर्ने एडभाजरी जारी गरिएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको तर्फबाट जीटीए प्रमुख एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापालाई धन्यवाद दिइएको छ। चियाबारी श्रमिकहरुको लागि जीटीए प्रमुख अनित थापाको पहलको कारणले राज्य सरकारको तर्फबाट बीस प्रतिशत बोनस दिनुपर्छ भन्ने एडभाइजरी आएको भन्दै खरसाङ महकुमा समितिले जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्‌‍। हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ र महासचिव भक्तिमान तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै श्रमिकहरुको पक्षमा सरकार समक्ष अनित थापाले बोलिदिएको कारणले यसपालीको बीस प्रतिशत बोनसको कुरालाई राज्य सरकारको श्रम विभागबाट प्रस्ताव आएको बताएका छन्‌‍। उल्लेखनीय छ, पश्चिम बंगाल सरकारको श्रम विभाग, दार्जीलिङ नर्थ रीजनल जोनबाट 22 अगस्ट 2025 मा जारी गरिएको सल्लाह पत्र, आर्थिक वर्ष 2024-25 का लागि दार्जीलिङ, खरसाङ, कालेबुङ, तराई अनि डुवर्स क्षेत्रका चिया बगानका श्रमिकहरूलाई 20 प्रतिशत बोनस दिने निर्णय गरिएको छ। यसपाली 20 प्रतिशत बोनस दिने भनिएपछि हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको आयोजनामा खरसाङ महकुमाको विभिन्न कमानहरुमा गेट मिटिङ गरेर चियाबारी श्रमिकहरुलाई पनि जानकारी गराइएको छ। यसको साथै महकुमा समितिले बीस प्रतिशत बोनसको लागि जीटीए प्रमुख अनित थापा, उत्तर बंगालका श्रमायुक्त, श्रम मन्त्री मोलय घटक र मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिएका छन्‌‍। यस क्रममा समितिको आयोजनामा जंगपाना चियाबारीमा सभापति सागर गुरुङ्को अध्यक्षतामा गेट मिटिङ सम्पन्न भएको जसमा उनी लगायत पूर्व सचिव सन्तोष गुरुङले सम्बोधन गरेका थिए।त्यसरी नै मन्टिभियट चियाबारीमा महकुमा उपाध्यक्ष किसान लेप्चाको अध्यक्षतामा, स्प्रिङ साइड चियाबारीमा महकुमा सचिव भक्तिमान तामाङ्को अगुवाईमा र गिताङ्गे चियाबारीमा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाको अध्यक्षतामा गेट मिटिङ सम्पन्न भएको छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ