महल्दिरामदेखि जङ्गपानासम्म घिर्लिङ मार्फत चियापत्ती

Share this news

खरसाङ, (सुवास छेत्री): खरसाङ खण्ड अन्तर्गत जङ्गपाना चियाबारीमा अझ पनि घिर्लिङ्को सहायताद्वारा सिटोङ-महल्दिरामदेखि चियापत्ती ल्याउने कार्य गरिन्छ। प्रायः सय वर्ष पुग्न लागेको यस घिर्लिङले अझ पनि यथावत्‌‍ रूपमा कार्य गरिरहेको छ। यस घिर्लिङतको देखरेख अनि सञ्चालनमा खटिएका एक श्रमिक दिनेश गुरूङ अनुसार यो घिर्लिङ यहाँ कलकत्ताका एकजना मालिकले महल्दिराम अनि जङ्गपाना चियाबगान किनेपछि यहाँको एकजना गुरूङ बाबुको सहयोगमा यो घिर्लिङ बिछ्याउने कार्य गरिएको हो। यो घिर्लिङ प्रायः अस्सी वर्ष पुग्न लागेको जनाउँदै यसले महल्दिराम-सिटोङ क्षेत्रको चियापत्तीलाई जङ्गपाना ल्याउन धेरै सहज भएको बताए। हाल मेफियर्स कम्पनीद्वारा सञ्चालित यस जङ्गपाना चिया बगान खरसाङ शहरदेखि केही टाढ़ामा रहे तापनि यहाँको भौगोलिक सुन्दरता अनि यहाँ निर्मित रिसोर्टको कारण देशी, विदेशी पर्यटकहरू धेरै मात्रामा आउने गरेको स्थानीयहरूले जनाए। त्यसबाहेक पनि धेरै पुरानो यस घिर्लिङ पनि यस क्षेत्रको निम्ति एउटा आर्कषणको केन्द्रविन्दु बनेकोले यसको दृश्यावलोकन गर्न पनि पर्यटकहरू यहाँ धेरै मात्रामा आउने गरेको बताएका छन्‌‍। अहिले महानदीको घुम्ती चियाबारीदेखि जङ्गपना पुग्नको पनि सड़क मार्ग खुबै सुन्दर ढङ्गले निर्माण गरिएको छ। केही ठाउँमा उकालो छ तर अलकत्रे सड़कमा कतै पनि खाल्डाखुल्डी नभकोले गाड़ी सहजै उकालो चढ्न सक्छ। जङ्गपना अहिले पर्यटकहरूको निम्ति निक्कै आर्कषकको केन्द्रविन्दु बनेको छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ