महानदीदेखि सिविटार जाने रोडमा पैह्रो, चाँड़ै पैह्रोको मरमत्ति कार्य शुरु गरिने पञ्चायत सदस्यको दावी

Share this news

तीनधारे, 15 जुलाई (निसं): महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोले यातायातमा धेरै असुविधा भईरहेको स्थानीयहरुले बताएका छन्‌‍। महानदीदेखि सिविटार पुग्ने बेलामा गैरी गाउँ पुग्ने बेलामा गत महिना 24 जून राती र 26 जून बिहान गएको पैह्रोले सिविटारदेखि महानदी र खरसाङ जानलाई धेरै असुविधा भईरहेको छ भने खरसाङ र महानदीदेखि सिविटार चियाबारीको विभिन्न गाउँहरुमा जानलाई निक्कै असुविधा भईरहेको छ। अहिले यो पैह्रो क्षेत्रको रोड भएर गाडी कुदाउन निक्कै खतरा उत्पन्न भएको छ। केही दिन अघि यही पैह्रो भएर पिक अप भ्यान दुर्घटनाग्रस्त भएको थियो भने हालमा लगातार रुपमा परिरहेको पानी झरीले गर्दा कुनै पनि समय रोडको अरु भाग पनि पैह्रोले तान्न सक्ने खतरा उत्पन्न भएको बताइएको छ। अहिले यस पैह्रो क्षेत्रको रोड भएर साना गाड़ीहरू र स्कुटी-बाइकहरु मात्र कुदिरहेको छ। तर यस पैह्रोले प्रभावित यस रोडलाई झट्टै मरमत्ति गर्नु पर्ने देखिएको छ। पैह्रो झट्टै मरमत्ति नगरेको खण्डमा रोड सबै पैह्रोले तान्ने खतरा देखिएको छ। यो रोडमा गएको पैह्रोले सबै रोड नै तानेर लगेको खण्डमा सिविटार क्षेत्र कालापानीमा परिणत हुन सक्ने देखिएको छ। त्यसैले पनि यो पैह्रोले क्षतिग्रस्त बनाएको रोड मरमत्तिको लागि स्थानीयवासीले झट्टै पहल गरिदिने निवेदन क्षेत्रीय प्रतिनिधिहरुलाई गरेका छन्‌‍। यस विषयमा महानदी ग्राम पञ्चायतको सिविटारको क्षेत्रीय पञ्चायत सदस्य राजीव तामाङसित कुरा गर्दा सिविटार जाने रोडमा पैह्रो गएपछि महानदी ग्राम पञ्चायतको तर्फबाट भोलिपल्ट नै आएर तारपोलिन लगाउने कार्य गरिएको र ठूला गाड़ीहरु नकुदाउन साथै साना गाड़ीहरू पनि होसियारसाथ कुदाउने आह्वान्‌‍ गर्दै बोर्ड राखिएको बताए। उनले यस पैह्रो मरमत्तिको लागि सम्बन्धित विभाग र माथिल्लो तहसम्म पत्रचार गरिएको बताएका छन्‌‍। उनले यस पैह्रो मरमत्तिको लागि सम्बन्धित विभागको तर्फबाट 25 जून र गत 13 जय जुलाईमा पनि निरीक्षणमा आएको र यस पैह्रो मरमत्तिको लागि कार्य चाँड़ै शुरु गरिने पनि बताएका छन्‌‍। पञ्चायत सदस्य राजीव तामाङले सिविटारको रोडमा गएको पैह्रोको मरमत्तिको लागि पहल भइरहेको र अब मरमत्ति कार्य शुरु गरिने र यदि मरमत्ति कार्य शुरु नभए आफुहरुले अझ सशक्त रुपमा पहल गर्ने पनि जानकारी गराएका छन्‌‍। उनले स्थानीय सिविटारका जनसाधारणलाई धैर्य धारण गरेर बसिदिने र यो रोडको मरमत्तिको कार्य चाँड़ै शुरु हुने बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ