पङ्खाबारी निवासी महिमा लामाले उतीर्ण गरिन्‌‍ नीट परीक्षा

Share this news

पङ्खाबारी, (सुवास छेत्री)ः दार्जीलिङ पहाड़का धेरै विद्यार्थीहरूले आजपर्यन्त अत्यन्तै कठीन परीक्षाहरू उतीर्ण गर्न सक्षम भइरहेका छन्‌‍। यसै क्रममा खरसाङ खण्डको पङ्खाबारी निवासी पास्टर कबीर लामा अनि उषा कानु लामाकी छोरी महिमा लामाले राज्यभरिमा सर्वाधिक एससी श्रेणीमा 149 ऱ्याङ्क ल्याएर नीट परीक्षा उतीर्ण गरेकी छन्‌‍। सर्वप्रथम आफ्नो प्राथमिक शिक्षा स्थानीय लिटल रोज अङ्ग्रेजी स्कूलबाट पूरा गरेपछि पाचौँ कक्षादेखि तिनले दशौँ कक्षासम्म खरसाङ्को सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयबाट पूरा गरेपछि एघारौँ अनि बाह्रौँ कक्षा सिलगढ़ीको डाक्टर आइबी थापा नेपाली उच्चतर माध्यमिक विद्यालयबाट पूरा गरिन्‌‍। त्यसपछि महिमाले सिलगढ़ी कलेजबाट मेडिकल फिजियोलोजीमा बीएससी पूरा गरेकी हुन्‌‍। यसबारे जानकारी गराउँदै महिमाले नीट परीक्षा एउटा सबैभन्दा ठूलो परीक्षा हो भन्दै यसलाई पूरा गर्नु नै ठूलो कुरा रहेछ भनी बताइन्‌‍। तिनले यस वर्षको नीट परीक्षा अझ अन्य वर्षहरूको परीक्षाभन्दा पनि टफ रहेको आफूले थाहा पाएको बताउँदै यसको निम्ति तिनले दुइ वर्ष कठोर परिश्रम गरेको जनाइन्‌‍। यस परीक्षाको निम्ति तिनले सर्वप्रथम सिलगढ़ीको आकाश संस्थाबाट अनलाइन कोर्स लिएको जनाउँदै यसका जतिपनि पूराना विद्यार्थीहरू अनि आफ्ना अभिभावकहरूले तथा शिक्षक-शिक्षिकाहरूले भरपूर सहयोग गरेको जनाइन्‌‍। तिनले आफ्नो अघिल्लो पढ़ाइको निम्ति रायगञ्ज मेडिकल कलेजमा भर्ना लिएको जनाउँदै त्यहाँको वातावरण खुबै असल रहेको थाहा पाएर नै त्यस कलेजमा भर्ना लिएको जनाइन्‌‍। जीवनमा कहिल्यै पि कुनै कुरोमा हार खानु हुँदैन भन्दै नीट परीक्षा उतीर्ण गर्न सजिलो भने छैन। यसको निम्ति धेरै परिश्रमक गरिनुपर्छ तथा तयारी पनि धेरै गर्नुपर्छ भन्दै यसको निम्ति सबैले कोशिष गर्ने आग्रह गरिन्‌‍। महिमाका पिता पास्टर कबीर लामा अनि आमा उषा कानु लामाले आफ्नो छोरीले यति ठूलो परीक्षा पास गरेकीमा खुशी व्यक्त गर्दै यो सबै उनको परिश्रम र पूर्ण तयारीले हो भन्दै सबैले यसरी आर्शिवाद प्रदान गरेकोमा उनीहरू प्रति अनि ईश्वर प्रति कृतज्ञता व्यक्त गरे। अब छोरीको अघिल्लो तयारीको निम्ति आफूहरू लागिपरेको जनाए। यता महिमा अनि तिनकी परिवारलाई बधाई एवम्‌‍ शुभकामना तिनको घरमा आएकी क्षेत्रिय सभासद्‌‍ कल्पना प्रधानले आफ्नो क्षेत्रका नानीले यसरी सफलता हासिल गरेकोमा उनलाई बधाई अनि आर्शिवाद दिइन्‌‍। प्रधानले महिमाका माता अनि पिता दुवै तिनका विद्यार्थीहरू रहेको बताउँदै महिमाकी आमा पनि सानै उमेरदेखि पढ़नमा खुबै असल रहेको जनाउँदै पिता पनि खुबै मेहनती रहेकोले आज उनीहरूका छोरीले यति धेरै सफलता प्राप्त गरिरहेको जनाइन्‌‍। तिनले पङ्खाबारी,लङ्भ्यू,अम्बटे समष्टिमा आजसम्म तीन जनाले यस्ता ठूल्ठूला परीक्षा पास गरेर आज तिनीहरू असल स्थानमा रहेको जनाउँदै अब महिमाको अघिल्लो जीवनको खुड़किलो शुरु भएको जनाउँदै उनलाई शुभकामना दिइन्‌‍।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ