युवा दिवस पालन गर्दै सन्त पावल पल्लीका युवावर्गद्वारा फुटबल खेलको आयोजना

Share this news

खरसाङ,  (निसं)ः खरसाङ्को सन्त पावल पल्लीको युवा संघको आयोजनामा सन्त अलफन्सस उच्चतर माध्यमिक विद्यालयको खेल मैदानमा फुटबल खेलको आयोजना सितै युवा दिवस पालन गरियो। सन्त पावल पल्ली अन्तर्गत पर्ने खरसाङ्को लाल माटी, सन्त पावल पल्लीका बाबुहरू, सन्त पवल पल्लीका युवावर्ग, महानदी-अम्बटे-सिरूबारी क्षेत्रका खेलाड़ीहरू सामेल संयुक्त टीमहरू बीच फुटबल खेल सम्पन्न भयो। सबै फुटबल टीमहरूले उत्कृष्ट खेलको प्रदर्शन गरेर उपस्थित दर्शकहरूलाई मनोरञ्जन गराएका थिए। सन्त पावल पल्लीका बाबुहरूको टीम अनि महानदी-अमबोटिया-सिरूबारीको संयुक्त टीम बीच फाइनल खेल सम्पन्न भयो। फाइनलमा सन्त पावल पल्लीका बाबुहरूले शुन्यको विरुद्ध 5 गोल गरेर फाइनल खेल जित्यो। यसै कार्यक्रममा युवा दिवस पनि पालन गरियो। कार्यक्रममा निकिता राईले युवा दिवसमाथि आफ्नो सम्बोधन राखेकी थिए। युवावर्गद्वारा कार्यक्रममा सन्देश मूलक नृत्य अनि प्रस्तुत गरिएको थियो। प्रख्यात नेपाली गीत मुसु मुसु हाँसी देउ न लै लै गीतका मुल गायक अनि वरिष्ठ सङ्गीतकार फ्रैङ्लिन मुखिया मुख्य अतिथि रहेको यस फुटबल खेल अनि युवा दिवसमा भारतीय महिला फुटबल टीमका प्रशिक्षक क्रिस्पीन छेत्रीको पनि विशेष उपस्थिती रहेको थियो । मुख्य अतिथि फ्रैङ्लिन मुखिया अनि विशिष्ट अतिथि क्रिस्पीन छेत्रीलाई कार्यक्रममा सम्मान जनाइयो। सन्त अलफन्सस प्राथमिक पाठशालाका प्रधान अध्यापक फादर रोशन मिञ्ज यीशु समाजी अनि सन्त पावल पल्लीका पल्ली पुरोहित फादर पिटर जोङ लेप्चा यीशु समाजी विशिष्ट अतिथिहरूको रूपमा उपस्थित रहेको यस कार्यक्रममा रबिता शेर्पाद्वारा आरम्भिक प्रार्थना गरिएको थियो। राष्ट्रिय गीतद्वारा आरम्भ गरिएको यो फुटबल खेल अनि युवा दिवसमा सन्त पावल पल्ली नारी सगंठनका सभानेत्री मञ्जु राई, उप सभानेत्री झुमा राणा लेप्चा, कोषाध्यक्ष उर्मिला मोक्तान लगायत नारी सगंठनका सदस्यहरूको बक्लो उपस्थिती रहेको थियो। सन्त पावल क्याथोलिक समाजका अध्यक्ष एडवीन छेत्री, उपाध्यक्ष विमल प्रधान , कार्यकारणी सदस्यहरू, दार्जीलिङ धर्मप्रान्त नारी सगंठनका अध्यक्ष जेनिफर लेप्चा लगायत अन्यान्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सन्त पावल पल्लीका युवा एकाइका अध्यक्ष स्नेह शेर्पाले धन्यवाद अर्पण गरिएको कार्यक्रममा भारतीय महिला फुटबल टीमका प्रशिक्षक क्रिस्पीन छेत्री अनि मुख्य अतिथि फ्रैङ्लिन मुखियाले सम्बोधन गरेका थिए भनी सन्त पावल पल्ली परिवार कोष्टका समन्वयक दिपक लेप्चाले जानकारी गराएका छन्‌‍।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ