विद्यार्थी महासंघको आयोजनामा तर्क प्रतियोगिता आयोजना

Share this news

खरसाङ , (निसं): अखिल भारतीय गोर्खा विद्यार्थी महासंघको आयोजनामा 34 औँं भाषा मान्यता दिवसलाई मध्य नजर गर्दै जीटीए स्तरीय तर्क प्रतियोगिता आयोजना भईरहेको छ। यसै अनुसार पहिलो चरणको तर्क प्रतियोगिता अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ खरसाङ महकुमा समितिको आयोजनामा खरसाङ महाविद्यालयमा सम्पन्न भएको छ। यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा 28 नम्बर खरसाङ चिम्नी देवराली समष्टि सभासद श्याम शेर्पा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा खरसाङ महाविद्यालयका प्राचार्य डा. समीर बल उपस्थित रहेका थिए। यस तर्क प्रतियोगितामा चारवटा महाविद्यालयले सहभागिता जनाएका थिए जसमा खरसाङ महाविद्यालय, दार्जीलिङ पोलिटेकनिक कलेज खरसाङ, सोनादा डिग्री कलेज र सलेशियन कलेज सोनादा रहेका थिए। यस तर्क सभाको अध्यक्षता सालुगढ़ा हाई स्कूलका नेपाली विषयका शिक्षक सागर शर्माले गरेका थिए। तर्क प्रतियोगितालाई शिक्षक दिव्यत्तम अधिकारीले सञ्चालन गरेका थिए। यस तर्क सभाको विषय अंग्रेजी भाषाको अत्याधिक प्रयोगले नेपाली भाषा संकटमा छ कि छैन रहेको थियो। यसमा खरसाङ महाविद्यालय पक्षमा रहेको थियो अनि यस तर्क प्रतियोगितामा खरसाङ महाविद्यालयले सर्वाधिक अंक ल्याएर प्रथम हुँदै दार्जीलिङ्को अघिल्लो प्रतियोगिताको लागि चयन भएको छ। अब आगामी 9 अगस्तमा दार्जीलिङ्मा हुने सेमी फाइनलमा खरसाङ महाविद्यालय र कालेबुङ्माझ हुने भएको छ। यस कार्यक्रममा स्वागत सम्भाषण अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ खरसाङ महकुमा समिति महासचिव दयाराम शर्माले राखेका थिए भने धन्यवाद ज्ञापन तीनधारे महानदी समष्टिका सभापति सुभम प्रधानले राखेका थिए। अखिल भारतीय गोर्खा विद्यार्थी महासंघले भाषाप्रति माया र यसको संरक्षणको लागि पहल गर्दै तर्क प्रतियोगिता आयोजना गरिएको जानकारी महासचिव दयाराम शर्माले दिएका छन्‌‍। यस तर्क प्रतियोगितामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटी सभापति राजु शर्मा, कार्यवाहक सचिव बीरबल पाखरीन, नारी शक्ति खरसाङ महकुमा समितिका सभापति सबिता कार्की, रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयकी शिक्षिका गोमा सुब्बा लगायत अन्यहरु उपस्थित रहेका थिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ