विद्युत आपूर्ति अनियमितताबारे स्टेशन प्रबन्धकलाई ज्ञापन-पत्र

Share this news

पेशोक, 4 जुलाई(निसं):अहिले सबै क्षेत्रमा विद्युत आपूर्तिमा निक्कै अनियमितता देखिने गरेको छ। जब खाना खाने बेला हुन्छ तब बिजुली जाने गर्छ भने कुनै बीमारी भएको खण्डमा यस्तो भए बिरामी सँगै अन्य मानिसहरुले पनि यस समस्याको सामना गर्न परिरहेको घटना तकलिङ्ग क्षेत्रका मानिसहरु बताउँछन्। यस्तै समस्याहरुदेखी वाक्क दिक्क बनेका तकलिङ्ग वासीहरुको पक्षमा तकलिङ्ग क्षेत्रका सचेत युवा समूह तक्लिंग युवा खेलकूद समितिले उक्त समस्याहरु बारे बुझ्न तक्दाह क्याण्टोनमेण्ट स्थित विद्युत विभागको कार्यालयमा पुगेर स्टेशन प्रबन्धक पाल्देन लामासित भेट गर्‍यो । प्रबन्धक लामासंग भेट गरेर विद्युत आपूर्तिमा अनियमितता भईरहन्छ भनेर समितिले  जान्न चाहँदा अहिले तक्दाह ,टिस्टाभेल्ली , कम्जेट आदि क्षेत्रहरुमा मर्मत्तीको कार्य भईरहेको अनि कतिपय क्षेत्रमा काठको पोल हटाएर फलामको पोल जडान गरिने कार्य भईरहेको कारण विद्युत आपूर्तिको समस्या आएको बताए । यस प्रकारको कार्य भईरहे अघावै जानकारी साझा गरिदिए आम मानिसहरु सचेत बन्ने थिए भन्दै आ-आफ्नो क्षेत्रमा यस्ता अनियमितता भए समन्धित निकायसंग वा टोल फ्री नम्बर-मा सम्पर्क गरेर कम्प्लेन दर्ता गर्न सकिने जानकारी गराए । तक्लिङ युवा खेलकुद समितिका सभापति रंजीत तामङ अनि सचिव सुकदेन लेप्चाको नेतृत्वमा गएको टोलीसंग स्टेशन प्रबन्धक पाल्देन लामाले सौहार्दपूण भेट गर्दै उनीहरुको समस्याहरुलाई सुने भने समितिको तर्फबाट क्षेत्रवासीको विद्युत उपभोक्ताहरुको हस्ताक्षर भएको एक ज्ञापन पत्र पनि बुझाए। विद्युत अनियमितताको समस्या तक्लिङ क्षेत्र मात्र नभएर धेत्र क्षेत्रहरुमा भईरहेको अनि मानिसहरु बाट गुनासोहरु पनि प्राप्त भएको जनाउदै विशेष उपभोक्ताले समय अनुसार आफ्नो घरमा बिजुलीद्वारा चल्ने घरायसी समानहरु राख्ने गरे तापनि विद्युत जडान अवधि  नयाँ समानको जानकारी गराए विभाग विजुली खपत बारे अवगत हुने अनि 25 केवीको ट्रान्सफर्मर-को साटो अर्को ट्रान्सफर्मरको व्यवस्था गर्न सकिनेबारे अवगत गराए । लामाले उपभोक्ताले टोल फ्री नम्बरमा फोन गर्न सक्ने बताए। उनले बिजुलीको एलटी लाईन गड्बडी देखरेख गरे तापनि एसटी लाईनको गड्बडी रहेको खण्ड्मा माथिलो तहले हेर्ने बताउदै दार्जीलिङ डिभिजनल कार्यालयमा जान सक्ने सुझाव दिए। समितिको टोलीले भेट्घाट राम्रो रहेको बताए । क्षेत्रमा विद्युत आपूर्ति ठप्प हुनु भनेको कति ठूलो समस्या हो भन्ने सबै अवगत भएको बताउदै यसबारे स्टेशन प्रबन्धक पाल्देन लामाले सकारात्मक सुझाव वा आश्वासन दिएको टोलीका सदस्यहरुले बताए।

Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ