शान्तिलाई एक मौका दिउँ थीमको साथमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Share this news

खरसाङ, 11 जुलाई (निसं): खरसाङको सन्त अल्फन्सस उच्चत्तर माध्यमिक विद्यालयकमा अन्तर कक्षा हाजिरी जवाफ प्रतियोगिताको फाइनल सम्पन्न भएको छ। यस प्रतियोगिताको फाइनल राउण्ड 10 अनि 11 जुलाईको दिन सम्पन्न भएको हो। फाइनल राउण्डको आरम्भ विद्यालयका प्रधान अध्यापक फादर केविन मोक्तान, सह प्रधान अध्यापक फादर डेभिड एक्का अनि अतिथिहरूको बाहुलीबाट फूलको पौधामा पानी हालेर आरम्भ गरिएको थियो। हाजिरी जवाफ प्रतियोगिता प्रिलिमिनेरी राउण्ड 26 जूनको दिन सम्पन्न भएको थियो, उक्त प्रिलिमिनेरी राउण्डका विजेता दलहरू फाइनलमा प्रवेश गरेका थिए। प्रतियोगिता कक्षा 5-6, 7-8, 9-10, 11-12 का विद्यार्थीहरूमाझ सम्पन्न गरिएको थियो। 5-6 समूहमा कक्षा 6 डी विजय भयो भने कक्षा 7-8 समूहमा कक्षा 8 ए, कक्षा 9-10 समूहमा कक्षा 10 ए अनि कक्षा 11-12 समूहमा कक्षा 12 कमर्श विजय बन्यो। विजेता कक्षाका विद्यार्थीहरूलाई प्रमाण पत्र, स्मृति चिन्ह अनि पौधा प्रमुख अतिथि, विद्यालयका प्रधान अध्यापक अनि विशिष्ट अतिथिहरूको बाहुलीबाट प्रदान गरियो। विद्यालयका शिक्षक लक्ष्मण छेत्रीले जानकारी दिए अनुसार यस हाजिरी जवाफ प्रतियोगिताको सम्पूर्ण कार्यक्रमलाई शिक्षक ग्यारेत करले सञ्चालन गरेका थिए अनि हाजिरी जवाफलाई शिक्षक-शिक्षिका डिकी लामा, भावना थापा, एरिक शेर्पा, एटनी तामाङ, अखिल तामाङले सञ्चालन गरेका थिए। कार्यक्रमको समन्वयक शिक्षक अनुप सुन्दास रहेका थिए। थीम आधारित राउण्ड, मिक्स ब्याक राउण्ड, बजर राउण्ड, ग्याम्लिङ राउण्ड अनि रेपिड फायर राउण्ड गरेर फाइनल प्रतियोगिता सम्पन्न गरिएको थियो। 10 जुलाईको दिन सम्पन्न भएको फाइनल प्रतियोगितामा फादर पीटर जोहन लेप्चा, फादर रोशन मिञ्ज, फादर अञ्जुमन अतिथिको रुपमा उपस्थित रहेका थिए भने 11 जुलाईको दिन सम्पन्न भएको फाइनल प्रतियोगितामा भारतको राष्ट्रिय महिला फुटबल टीमका मुख्य प्रशिक्षक, पूर्व फुटबल खेलाड़ी एवं पूर्व विद्यार्थी क्रिस्पियन छेत्री मुख्य अतिथिको रुपमा उपस्थित रहेका थिए। विशिष्ट अतिथिको रुपमा विद्यालयका प्रधान अध्यापक फादर केविन मोक्तान, खरसाङ टुरिष्ट लजका प्रबन्धक प्रवीण प्रधान अनि अन्यान्य उपस्थित रहेका थिए। यस वर्षको हाजिरी जवाफ प्रतियोगिताको थीम गिव पिस ए चान्स अर्थात शान्तिलाई एक मौका दिउँ रहेको थियो। यसै थीममा अधारिक गीत कक्षा 11 अनि 12 का विद्यार्थीहरूले प्रस्तुत गरेका थिए। कार्यक्रममा मुख्य अतिथि क्रिस्पियन छेत्रीले प्रेरणादायी वक्तव्य राखेका थिए भने प्रधान अध्यापक फादर केविन मोक्तानले विद्यार्थीहरूले सुतेर मात्र सपना नदेख्ने, सुतेर देखेको सपना पुरा गर्नलाई उठेर, जागेर कार्य गर्ने, विश्‍वमा चलिरहेको अशान्तिको माहोलमा शान्तिपूर्ण वातावरण बनाइ राख्नको निम्ति सबैले मिलेर कार्य गर्नु पर्ने बताए। कार्यक्रममा क्रिस्पियन छेत्रीको जीवनी शिक्षिका सवनम देवानले पठन गरेकी थिइन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ