सड़क किनार होचो स्थानको ढकनी विहीन एमसी बस्क जोखिमपूर्ण

Share this news

खरसाङ, (निसं): खरसाङ शहरको महकुमा अस्पताल मुनि वर्द्धवान रोड किनारमा एउटा एमसी स्वीच बक्स धेरै समयदेखि ढकनी विहीन अवस्थामा रहेको छ। यो स्वीच बक्समा एमसीसित जोड़िएका तारहरू जोड़िएको स्थानमा नाङ्गो पाइएको छ। सड़क किनार भुइँमा बसाइएको यो एमसी स्वीच बक्स यसरी नाङ्गो अवस्थामा रहेकोले जोखिम भएको धेरै मानिसहरूको गुनासो छ। धेरै समयदेखि ढकनी विहिन अवस्थामा रहेको यो एमसी स्वीच बक्सको कारण अहिलेसम्म कुनै दुर्घटना नभए तापनि भविष्यमा दुर्घटना नहोला भन्न सकिन्दैन। तथापि यहाँबाट हिँड़िरहेका एक व्यक्तिले केही महिना अघि एउटा कुकुरले स्वीच बक्समा सुँघ्दा करेण्ट लागेर कराउदै भागेको बताए। ढकनी विहीन अवस्थामा रहेको यो एमसी स्वीच बक्सको बारेमा हिमालय दर्पणले केही महिना अघि सम्बन्धित निकायको ध्यानकार्षण गराउदै समचार छापामा ल्याएको भए तापनि अहिलेसम्म यस दिशामा कुनै कदम चालिएको छैन। यहाँबाट हिँड़िरहेका कतिपय मानिसहरूले यो एमसी स्वीच बक्स स्ट्रीट लाइटको रहेको बताए भने कतिपयले छैवैमा रहेको हाई मास्ट ल्याम्पको हो भनी बताए। तथापि यो एससी स्वीच बक्स बिजुली आपूर्तीको निम्ति रहेको र यहाँबाट बिजुली आपूर्ती भइरहेको छ। ढकनी विहीन नाङ्गो अवस्थामा रहेको यो स्वीच बक्सको नाङ्गो तारमा बाल-बालिका, मदिरा सेवन गरेका मानिस अथवा बजारमा घुमिहिँड़ने मानसिक सन्तुलन हराएका व्यक्तिहरूले छोएको खण्डमा दुर्घटना घट्न सक्ने सम्भावना रहेको छ। खरसाङ्का मानिसहरूले यस प्रकारले बिजुलीको एमसी स्वीच बक्स खुल्ला राक्न रहुने, कुनै कारणले ढकनी भत्किएको अथवा ढकनी हराएको हो भने तुरुन्तै यसको ढकनी लगाउन पर्ने यस प्रकारको बिजुलीको एमसी स्वीच बक्स भुइँमा नलगाएर उचाइ वा सुरक्षित स्थानमा लगाउन पर्ने बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ