साउथफिल्डमा नेताजी खुला विश्वविद्यालय स्टडी सेन्टर आरम्भ   

Share this news

दार्जीलिङ,20 जुलाई(निसं): विश्वविद्यालय अनुदान आयोग(खुला तथा दूर शिक्षा कार्यक्रम र अनलाइन कार्यक्रम) नियमावली 2020 र एनएसओयू प्रथम विधान (संशोधित), 2014  पालना गर्दै दार्जीलिङ साउथफिल्ड कलेजले नेताजी सुभाष खुला विश्वविद्यालय (एनएसओयू) ले आफ्नो क्याम्पस-मा सह-शैक्षिक लर्नर सपोर्ट स्टडी सेन्टर स्थापना गर्न आधिकारिक रूपमा कार्यक्रमगत मान्यता प्रदान गरेको छ भनी कलेज आधिकारिक सुत्रले बताएको छ।
सुत्रले बताए अनुसार, साउथफिल्ड कलेज, दार्जीलिङले  अब खुला तथा दूर शिक्षा मोड अन्तर्गत छ वटा स्नातकोत्तर कार्यक्रम र एउटा स्नातक दोस्रो डिग्री कार्यक्रम प्रदान गर्नेछ।जसमा स्नातकोत्तर कार्यक्रमहरू अंग्रेजी,शिक्षा,राजनीति विज्ञान, सार्वजनिक प्रशासन, अर्थशास्त्र, सामाजिक कार्य, पुस्तकालय र सूचना विज्ञान (एमएलआईएस) छन्। साथै स्नातक दोस्रो डिग्री कार्यक्रममा पुस्तकालय र सूचना विज्ञान (बीएल आईएस) सामेल छन् , साउथफिल्ड कलेज, दार्जीलिङ लर्नर सपोर्ट स्टडी सेन्टरमा यी कार्यक्रमहरूको लागि भर्ना अब गत 15 जुलाईदेखि 2025-2026 शैक्षिक सत्रको लागि आधिकारिक रूपमा खुला छ। इच्छुक विद्यार्थीहरू (सह-शिक्षक)-ले कलेज वेबसाइट  साउथिल्डकलेज डट ओआरजी- मार्फत आवेदन दिन सक्छन्। थप विवरण र भर्ना प्रक्रियाहरूको लागि, विद्यार्थीहरूले साउथफिल्ड कलेज, दार्जीलिङमा सम्पर्क गर्न वा आधिकारिक वेबसाइटमा हेर्न सकिने छ।

Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ