सिलगढ़ीको घटनाको आईजीजेएफद्वारा भर्त्सना अनि पोस्टरिङ

Share this news

खरसाङ, (मोहन प्रसाद): सिलगढ़ीको हाकिम पाड़ामा एउटी गोर्खे चेलीलाई त्यहाँका कतिपय महिलाहरूले अपशब्द संगै विदेशीको लाञ्छना लगाइएकोमा सम्पूर्ण पहाड़ भरिनै विभिन्न पक्षबाट विरोध संगै यस्ता कार्यहरू विरुद्ध कड़ा कारवाही गर्नु पर्ने मांग भइरहेको छ। यस अवधि यसै मागलाई अघि बढ़ाउँदै, इण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङ शाखाद्वारा पनि खरसाङ बजारमा घटनाको घोर विरुद्ध गर्दै पोस्टरिङ गर्ने कार्य गरियो। पार्टी नेतृत्वहरूले एउटा प्रेस वार्ता मार्फत्‌‍ अपशब्द संगै विदेशीको लाञ्छना लगाउने ती असामाजिक महिलाहरूलाई पक्राउ गरेर कड़ा सजाय दिनु पर्ने मांग पनि गरे। इण्डियन गोर्खा जनशक्ति फ्रन्टको खरसाङ स्थित पार्टी कार्यालयमा बोल्दै, पार्टीको घैयाबारी 1 ग्राम पञ्चायतकी नेत्री शितल प्रधानले हाकिम पाड़ाको उक्त घटनालाई घोर निन्दा गरिन्‌‍। तिनले भनिन्‌‍, ती महिलाहरूले सम्पूर्ण गोर्खा जातिलाई नै विदेशीको लाञ्छना लगाउने कार्य गरेका छन्‌‍। उक्त घटनाको पार्टीको पक्षबाट घोर बिरोध गर्दछौँ। ती महिलाहरूले गोर्खाहरूले देशको निम्ति दिएका बलिदान जान्न अनि बुझ्नु आवश्यक रहेको छ। अभद्र व्यावहार गर्ने ती असामाजिक महिलाहरू विरुद्ध कड़ा सजाय हुनपर्छ । शितल प्रधान संगै पत्रकारहरूलाई सम्बोधन गर्दै पार्टीका महानदी संयोजक रणजीत सुब्बाले घटनाको घोर भत्सर्ना गर्दै यस्ता सामाजिक तत्वहरूले गर्दा सिलगढ़ीमा विभिन्न जात अनि सम्प्रदाय मिलेर बसिरहेको अवस्थामा एउटा साम्प्रदायिक भेदभाव ल्याउने चेष्टा भएको छ । प्रशासनले समाज हितमा अनि देश हितमा यस्ता असामाजिक तत्व विरुद्ध कड़ा कार्वाही गर्न पर्छ भनी माग गरे। पार्टी कार्यालयमा आयोजित भत्सर्ना सभामा पाण्डु ग्राम पञ्चायत संयोजक हेमन्त थापा, घैयाबारी 1 ग्राम पञ्चायत सह संयोजक विकास छेत्री, खरसाङ टाउन संयोजक रुधीर गुरुङ सहित पार्टीका अन्यान्य प्रतिनिधिहरूको उपस्थिति थियो।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ