द्वारे सरकारको क्याम्पसितै हाम्रो गाउँ हाम्रो समाधान कार्यक्रम, हरेक बुथलाई 10 लाख रुपियाँको राशि

Share this news

खरसाङ , (निसं): खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको तीनवटा बुथहरुलाई लिएर द्वारे सरकारको क्याम्पसितै पश्चिम बंगाल सरकारको हाम्रो गाउँ हाम्रो समाधान नयाँ कार्यक्रमको पनि आयोजना गरिएको छ। महानदी ग्राम पञ्चायतको सिविटार चियाबारीको दुईवटा बुथहरु र गिताङ्गे चियाबारीको एउटा गरी जम्मा तीनवटा बुथहरुलाई लिएर द्वारे सरकारको क्याम्पसितै हाम्रो गाउँ, हाम्रो समाधान अन्तर्गत तीनवटा बुथहरुमा पर्ने विभिन्न गाउँहरुका मानिसहरुलाई लिएर सभा पनि सम्पन्न भएको छ। ती तीनवटा बुथहरुमा 260, 261 र 262 रहेका छन्‌‍। यस अवसरमा तीनैवटा बुथहरुका स्थानीय जनसाधारणको बुनियादी समस्याहरु विषयमा जानकारी लिएर समाधान गर्न कोशिष गरिएको र तीनवटै बुथका विभिन्न गाउँहरुमा भएको समस्याहरुलाई लिएर कार्य गरिने जानकारी प्राप्त भएको छ। यस हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत आयोजित सभामा दार्जिलिङबाट एडिशनल मजिस्ट्रेट भूमि अनि भूमि सुधारको रामकुमार तामाङ, खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, महानदी ग्राम पञ्चायतको सम्पूर्ण टिम उपस्थित रहेको जानकारी प्राप्त भएको छ। यस हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत एउटा बुथलाई विकासको लागि सरकारको तर्फबाट 10 लाख रुपियाँ प्रदान गरिने जानकारी प्राप्त भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको पहलमा जनताको हरेक समस्याहरु समाधानको लागि साथै हरेक गाउँमा विकास पुर्याउन हाम्रो गाउँ हाम्रो समाधान कार्यक्रम शुरु गरिएको र यस अन्तर्गत खरसाङ खण्डको पहिलो कार्यक्रम महानदी ग्राम पञ्चायतको तीनवटा बुथहरुलाई लिएर आयोजना गरिएको जानकारी गराएका छन्‌‍। उनले यो कार्यक्रम अन्तर्गत स्थानीय गाउँलेहरुले आफ्नो गाउँमा रहेको समस्याहरु बताउन सक्ने र यसको लागि तत्कालै राशि आवण्टन भएर विकासको निम्ति प्रदान गरिने भएको बताएका छन्‌‍। त्यसरी नै खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री प्रधानले पनि हाम्रो गाउँ हाम्रो समाधान विषयमा विस्तृत रुपमा जानकारी गराएकी छन्‌‍।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ