इन्डियन गोर्खा जनशक्ति फ्रन्ट पार्टीको भातृ सङ्गठन HTDCSS का तराई डुवर्स क्षेत्रका नेतृत्वले बुधबार ITA (इन्डियन टी एसोसिएसन) डुवर्स बिन्नागुडीमा यसपाली उत्तर बङ्गाल क्षेत्रको श्रमिकहरुको पुजाको बोनस 20% हुनुपर्छ भनी ज्ञापन बुझाएका छन्। यस ज्ञापन बुझाउने अनि भेटघाट कार्यक्रममा श्रमिक सङ्गठन प्रमुख डीके गुरुङ, राजेश लाकरा, डा. जोय प्रफुल, भीम सुनाम आदि बिशेष रुपले उपस्थित थिए।
