Gitdoubling Pochok resident Prenisha

गितडब्लिङ पोचोक निवासी प्रेनिशाको गौरवपूर्ण उपलब्धि

Share this news

गितडब्लिङ पोचोक निवासी प्रेनिशा ठकुरीले उत्तरपूर्व एन.एस.एस. महोत्सव-2025 अन्तर्गत प्रस्तुतिकरण बिधामा पहिलो स्थान प्राप्त गरेकी छिन्। पूर्वोत्तर भारतका आठवटा राज्यको प्रतियोगिहरुलाई उछिन्दै प्रेनिशाले यो उपलब्धि प्राप्त गरेकी हुन्।
सिक्किमको संस्कृति, विविधता, र राज्यको जनसांख्यिकी” विषयमा प्रतिस्पर्धा गर्दै, प्रेनिशाले सिक्किम राज्यलाई प्रतिनिधत्व गरेकी थिइन्।
सिक्किमको महादेवी स्किल्स विश्वविद्यालय (MSU) दोस्रो वर्षकी बि-टेक कम्प्युटर विज्ञान र इन्जिनियरिङकी विद्यार्थी प्रेनिशा ठकुरीले उत्तर पूर्व NSS महोत्सव 2025 मा प्रस्तुतीकरण प्रतियोगितामा पहिलो स्थान हासिल गरेकी हुन्।
यो कार्यक्रम भारत सरकारको NSS गुवाहाटी क्षेत्रीय निर्देशनालय, युवा मामिला तथा खेलकुद मन्त्रालयले सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभाग, NSS सेलसँगको सहकार्यमा आयोजना गरेको थियो। आठ पूर्वोत्तर राज्यका सहभागीहरू सीप र सांस्कृतिक ज्ञानको प्रतिष्ठित मञ्चमा प्रतिस्पर्धा गर्न गान्तोकको मनन केन्द्रमा भेला भएका थिए। प्रतिभाशाली प्रेनिशा ठकुरी गितडब्लिङको मिडल पोचोक निवासी आमा यशोदा ठकुरी तथा बुवा दुर्गा ठकुरीकी कान्छी छोरी हुन्। प्रेनिशाले स्थानीय पोचोक प्राथमिक पाठशालाबाट शैक्षिक यात्रा सुुरू गरी यहाँको सन्त जोसेफ विद्यालयमा अध्ययन गरेकी हुन्। उनको यो उपलब्धिमा क्षेत्रवासीले प्रेनिशालाई वधाइ दिएका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ