सिक्किम-दार्जीलिङ एकीकरण मुद्दालाई गोजमुमोले स्वीकार्दैन

Share this news

गोर्खा जनमुक्ति मोर्चाले सिक्किम-दार्जीलिङ एकीकरणको मुद्दालाई कुनै पनि दिन स्वीकार नगर्ने गोजमुमो अध्यक्ष विमल गुरूङले स्पष्ट पारेका छन्। हालै दिएको एक अन्तरवार्तामा गुरूङले आफ हरु दार्जीलिङको निम्ति केवल गोर्खाल्याण्ड मुद्दालाई लिएर अघि बढिरहने बताउँदै दार्जीलिङ-सिक्किम एकीकरणको मुद्दालाई कुनै दिन पनि समर्थन नगर्ने बताए। यसका साथै आफूहरुले सिक्किमको आन्तरिक मामलामा कुनै दिन पनि हस्तक्षेप नगर्ने पनि बताए। यसको साटो सकेसम्म सिक्किम सरकारलाई सहयोग गर्ने गुरूङले वचन दिए। उनले अझ भने-सिक्किमको वर्तमान सरकारले खुबै राम्रो ढङ्गले सरकार चलाइरहेकोछ र मुख्यमन्त्री गोलेले सिक्किम वासीहरूसँगै अन्य क्षेत्रमा बसोबास गर्ने गोर्खाहरुका निम्ति पनि धेरै कामहरू गर्ने कोशिष गरिरहेका छन् । त्यो अत्यन्तै सहरानीय कदम हो। यसैले हामीले सिक्किमलाई डिस्टर्व गर्नु हुँदैन, सिक्किमतिर आँखा गाड्नुभन्दा गोर्खाल्याण्ड मुद्दामा सबै केन्द्रित भएर अघिबढ्नसके दार्जीलिङको निम्ति राम्रो हुनेछ, गुरूङले भने। यसका साथै गुरूङले दार्जीलिङवासीहरु सुवास घिसिङको नेतृत्वदेखि आफ्नो नेतृत्वमा भएका सबै गोर्खाल्याण्ड आन्दोलनका आन्दोलनकारीहरूलाई सिक्किमले तन, मन तथा धनले सहयोग गरेको गुण कुनै दिन भुल्न नहुने
पनि उनले बताए। हाल सिक्किम दार्जीलिङ एकीकरणको मुद्दा लिएर कसैले राजनीति गर्न खोजिरहेको पनि गुरूङले आरोप लगाए। यसै गरी उनको डा. हर्कबहादुर छेत्रीलाई पनि आफ्नो ध्यान गोर्खाल्याण्ड आन्दोलनतर्फ लगाउने सुझाउ दिए। याद रहोस्, दार्जीलिङ सिक्किम एकीकरणको मुद्दा लिएर हालैको घटनाक्रमले सिक्किम तथा दार्जीलिङको सम्बन्ध धमिलो भइरहेको बेला गुरूङको यस वक्तव्यलाई निक्कै महत्त्वपूर्ण मानिएको छ। हाल सृजना भएको धमिलोपन सिक्किमका वर्तमान मुख्यमन्त्रीले दार्जीलिङवासीहरुप्रति सामाजिक रूपमा देखाएको साथ सहयोग तथा दुवैतर्फको आपसी भाइचारालाई तोड्ने बाहेक अन्य केही नरहेको पनि धेरैको तर्क छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ