स्पेनमा भेटियो रहस्यमयी धातुद्वारा निर्मित आभूषण

Share this news

स्पेनमा पुरातत्वविद्हरूको टोलीले कलाकृति फेला पारेका छन् । यसले पुरानो धातुकर्मको इतिहास पुनः परिभाषित गर्नसक्छ। विलेनाको प्रसिद्ध खजानामा अनुसन्धानकर्ताहरूले उल्का पिण्डको फलामको दुई कलाकृति फेला पारेका छन्। विज्ञहरूको दाबीअनुसार, यो फलाम पृथ्वीसँग सम्बन्धित होइन। यो एक दुर्लभ पदार्थ हो, जुन आकाशमा खसेको चट्टानको माध्यमबाट पृथ्वीमा आएको थियो।
विलेनाको खजाना लगभग तीन हजार वर्ष पुरानो छ। यहाँ एक चुरा र एक सजावटको आभूषण भेटिएको छ। यी दुई वस्तु असाधारण छन् किनभने यी बाहिरी अन्तरिक्षको फलामबाट बनाइएका छन्। यो असाधारण आविष्कार आइबेरियामा फलामको युग शुरु हुनुअघि नै आकाशको फलामको उपयोग
गरिएको कुरा दर्शाउँछ। यो खजाना सन् १९६३ मा
स्पेनको एलिकान्टे प्रान्तको विलेना शहरको वरिपरि पत्ता लगाइएको थियो। यो इबेरीयन प्रायद्वीपमा काँस्य युगको सुनको कलाकृतिको सबैभन्दा महत्वपूर्ण आविष्कार मध्येको एक मानिन्छ। खजानामा सुन चढ़ाइएको तरवारको ह्याण्डल (पोमेल) अनि फलामको चुरा असाध्यै विशेष संरचनाका छन्। राष्ट्रिय पुरातत्व
संग्रहालय, दिरियाह गेट डेभलपमेन्ट अथोरिटी र स्पेनिश नेशनल रिसर्च काउन्सिलको टोलीको नयाँ अध्ययनअनुसार, यी फलामको वस्तु पृथ्वीको फलाम नभई लगभग १० लाख वर्ष पुरानो उल्का पिण्डको फलाम हुनसक्ने कुरा पत्ता लागेको हो।स्पेनको राष्ट्रिय पुरातत्व
संग्रहालयको पूर्व संरक्षण प्रमुख सल्भाडोर रोभिरा-लोरेन्सको नेतृत्वमा गरिएको अनुसन्धानमा मास स्पेक्ट्रोमेट्रीको विधिबाट कलाकृतिको परीक्षण गरियो। फलाममा निकलको मात्रा अधिक हुनुले यो बाहिरी अन्तरिक्षको फलाम हुनसक्ने कुरा पुष्टि गरेको छ। यो आविष्कार असाध्यै महत्वपूर्ण छ, किनभने यो कुरा पहिलोपल्ट मानव जीवनमा अन्तरिक्षको फलामको उपयोग गरिएको उदाहरण हुनसक्छ। यी वस्तु इबेरियामा फलामको युग शुरु हुनुभन्दा लगभग पाँच सय वर्ष पहिले, ईसा पूर्व १४०० देखि १२०० को छेउछाउ निर्मित भएको हुनसक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ। यो आविष्कार परम्परागत कालगणनालाई अस्वीकार गर्छ। त्यतिबेला इबेरियाका मानिसहरूले उल्का पिण्डको फलाम पहिचान गर्थे अनि यसका आभूषण बनाउनसक्ने कौशल राख्दथे।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ