राई अनि सिंहलाई न्यायिक हिरासतमा पठाएकोमा गोराकांको आपत्ति

Share this news

दार्जीलिङ,18 जुन(निसं): गोर्खा सेवा सेनाका द्वय नेतृत्व विक्रमादित्य राई अनि सुभाषमणी सिंहहरुको पक्राउन लिएर सिक्किम सरकारमाथी गोराकंं(गोर्खा राष्ट्रिय कांग्रेस) अध्यक्ष भरत दोङले आक्रोश व्यक्त गरेका छन्। सिक्किम पुलिसले गोर्खा सेवा सेनाको प्रमुख विक्रमादित्य राई अनि सुभाषमणी सिंहलाई पक्राउ गरेर पुलिस रिमाण्ड पछि न्यायिक हिरासतमा पठाएकोमा पनि दोङले आपत्ति जनाएका छन्।
गोराकंं(गोर्खा राष्ट्रिय कांग्रेस) अध्यक्ष भरत दोङले भनेका छन्, सिक्किम सरकारले जस्तो प्रकारले पक्राउ गर्‍यो, त्यो सिक्किम सरकारको उदासीन निति हो । सिक्किम डराएको कारणले गर्दा नै उनीहरुको पक्राउको निम्ति सिक्किम सरकारले हतार गरेको हो ।
दोङले स्पष्ट रुपमा बताएको छ, सिक्किम दार्जीलिङ एकिकरण नै अन्तिम विकल्प हो। यो बाहेक बंगालबाट अलग हुने अर्को उपाय नै छैन्। तर आज यही सिक्किम दार्जीलिङ एकिकरणको बिषयमा कुरा गर्दा सिक्किम सरकारले यहाँको आवज दबाउने काम गरिरहेकोछ। उनले भने, सिक्किमले दार्जीलिङ- सिक्किम एकिकरणको सन्दर्भमा बल प्रयोग नगरेर यसको निम्ति चर्चा अनि  छलफलमा आउनु पर्ने हो ।
तर सिक्किम सत्यता देखि भाग्न अनि यसलाई ढाकछोप गर्दी आवाजहरुलाई दबाउने कार्य गर्दैछ।
दार्जीलिङबाट केही राजनीतिक दलका शीर्ष नेताहरुले सिक्किम दार्जीलिङ एकिकरणको बिरोधमा गरिएका बयानबाजी माथि पनि प्रतिक्रिया जताउदै दोङ्ले भने, ज-जसले पनि एकिकरणको निम्ति बिरोध गर्दैछन् उनीहरु जनतालाई गोर्खाल्याण्डको नाँउमा लट्याएर आफ्नो रोटी सेक्नेहरु हुन्‌।यहाँ गोर्खाल्याण्ड आन्दोलन सिक्किम र बंगालको प्रायोजनमा हुने गर्छ।
जनताले सत्य के हो अनि सम्भवनाको बाटो विकल्प कुन हो, त्यो छुट्याउने बेला आएको छ।उनले अझ भने, विक्रमादित्य राई अनि सुभाषमणी सिंहको मुद्दा सिक्किमको कुनैपनि वकिलहरुले लडनु नमानेको विषय माथि पनि कटु आलोचना गर्दै भने भारत एउटा यस्तो गणतान्त्रिक देश हो, जहाँ बाहिरबाट हमला गर्न आएको आतंककारीहरुको मुद्दा धरी देशको वकिलहरुले लड्ने गर्छ। भनेपछि सिक्किममा अझसम्म पनि गणतन्त्रको अभ्यास सही प्रकारले भइरहेको छैन। प्रश्न गर्ने अभिव्यक्ति व्यक्त गर्दा मात्र विक्रमादित्य राई अनि सुभाषमणी सिंहले कस्तो ठुलो अपराध गर्‍यो ?यसको जवाफ सिक्किम सरकारले दिएको हुनुपर्छ, दोङले प्रश्न राखे।

Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ