17 जुन 2017 का शहिदहरूलाई श्रद्धाञ्जली अर्पण

Share this news

रेलिङ, 18 जुन (निसं) गोर्खा जनमुक्ति मोर्चा रेलिङ- कैँजले समष्टिद्वारा सहिद महेश गुरूङ, सहिद सुनिल राई अनि सहिद बिमल शशांकरलाई श्रद्धाञ्जली अर्पण गरियो। गत 2017 सालको गोर्खाल्याण्ड  आन्दोलन कालमा सहिद भएका रेलिङ-कैँजले समष्टि अधिनस्त अप्पर रेलिङ गुरूङ गाउँ निवासी सहिद महेश गुरूङलाई गोजमुमो रेलिङ समष्टिद्वारा श्रद्धा सुमनको साथमा श्रद्धाञ्जली अर्पण गर्‍यो। मंगलबार गोर्खा जनमुक्ति मोर्चा रेलिङ-
कैँजले समष्टि संयोजक मुकेश पोखरेल उपस्थित रहेको एक प्रतिनिधि टोलीले सहिद महेश गुरूङको निज निवासी पुगी उनलाई  श्रद्धा सुमनको साथमा उनकै तस्विरमा खादा लगाई श्रद्धाञ्जली अर्पण गरे। उक्त प्रतिनिधि टोलीमा गोजमुमो रेलिङ-कैँजले समष्टि संयोजक मुकेश पोखरेल, सोम-तकभर समष्टि सभासद सुरज राई,गोजमुमो केन्द्रीय समिति युवामोर्चा संयोजक नितेश मुखिया , अमित गुरूङ लगायतका समष्टि प्रतिनिधिगण विशेष उपस्थिति रहेको थियोे। यसरी नै गत 17 जुन 2017 आजको दिन सहिद भएका यसै समष्टि अधिनस्त कैँजले 8 नम्बर निवासी सहिद सुनिल राई अनि साथै छिमेकी समष्टि पुलबजार-बिजनबारी गोक समष्टि कमजोर बस्ती निवासी सहिद बिमल शशांकरलाई पनि श्रद्धाञ्जली दिने कार्यक्रम रहेको बताइएको छ।
आजको श्रद्धाञ्जली कार्यक्रममा समष्टि संयोजक मुकेश पोखरेलले बोल्दै भने, हामी बर्षपछि सहिदलाई स्मरण गर्दै सहिदको घर-घरमा पुगेर श्रद्धाञ्जली चढाउछाैँ। जबसम्म सहिदले देखेको सपना गोर्खाल्याण्ड माग पूरा हुँदैन तबसम्म हामी निरन्तर रूपमा लागिपर्नेछाैँ भनी बताए । सहिदको कुनै रंगभेद हुँदैन । सहिद हामी सबैको हो । विगतमा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरूङले समाधि बनाईदिन्छु भनेर बचन दिएका थिए, उक्त प्रश्न सोधिएको जवाफमा संयोजक मुकेश पोखरेलले भने, अध्यक्ष बिमल गुरूङले सहिदहरूलाई कहिले नभुल्ने बताए । पार्टीको तर्फबाट सहिद महेश गुरूङको सालिग यसै वर्ष 2025 भित्र बनाएर परिवारलाई सुम्पी दिने उनले थप बताएका छन।अर्कोतिर , आफुहरूले सहिदले दिएको त्याग,बलिदान कहिले नभुल्ने सोम तकभर-समष्टि सभासद सुरज राईले बताए । हामी सदैव सहिदको परिवारको साथ सहयोगमा रहनेछाैँ, राईले थपे।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ