आन्दोलनको नकारात्मक असर रेशम किरा पालनमा

Share this news


दार्जीलिङ,21 जुन(निसं) : पुलबजार नजीक रेशम किरा पालन केन्द्र  1976 सालमा स्थापित भएको हो।सत्तरको दशकतिर यस क्षेत्रमा रेशम किरा पालन बृहत रूपमा गरिन्थ्यो। जुन कृषकहरुको आर्थिक सुधारको निम्ति एउटा दह्रो र सजिलो उद्योग पनि हो। तत्कालीन कृषकहरुको विशेष आर्थिक हितको निम्ति सरकारले रेशम किरा पालन केन्द्र स्थापित गरेको जनाउँछन् केन्द्रका प्रभारी हर्क छेत्रीले। सन् 1985 सालसम्म रेशम किरा पालन विशेष बस्ती क्षेत्रमा बृहत रूपमा गरिएको प्रभारी छेत्रीले जानकारी दिँदै जब पहाड़मा हुने पटक-पटक आन्दोलनले रेशम खेतीमा नकारात्मक प्रभाव परेको छेत्रीले अवगत गराए। अहिले पुनः यसको खेतीमा उन्नति हुँदै गईरहेको पनि उनले जनाए। रेशम किरा पालन

छिटो र सजिलोसँग आयस्रोत हुने किसिमको खेती भएपनि यसको निम्ति नियमित र अनुशासित ढंगमा कतिपय कार्यहरु गर्नु पर्ने हुन्छ जहाँ कुनै कुराको कमी तथा कमजोरी भए त्यसले सबै परिश्रम बिगारिदिन्छ प्रभारी छेत्री बताउँछन्। आन्दोलनमा यस्तै कुराहरूको कमी कमजोरी भएको कारणले रेशम किरा पालनमा नकारात्मक प्रभाव परेको पनि उनले जनाए। अहिले पुलबजार नजीक रहेको केन्द्रबाट पहिलो 94 किलो अनि क्षेत्रका कृषकहरु देखि 109 किलो कोकिन उत्पादन भएको पनि उनले जानकारी दिए। यस सँगै पहाड़मा उत्पादन गरिने कोकिन-को स्तर धेरै असल भएकोले धागोको निम्ति नभएर सिडको लगिने गरेको पनि उनले बताए। अहिले पहाड़को कोकिन-को मूल्य 8 सय रुपियाँ देखि लिएर 12 सय रूपियाँ रहेको उनको भनाई छ। यस क्षेत्रमा अहिले रेलिङ, कोल्बुङ र पुलबजार केन्द्र अन्तर्गत धेरै कृषकहरुले उत्साहित भएर खेती गरिरहेको पनि जनाए। पुलबजार केन्द्र अधिनस्थ 17 ऐकर जमीनमा किम्बुको परिपक्व विरुवा अनि 9 ऐकर जमीनमा न्यू प्लान्टेशन गरिएको उनले जानकारी दिए। यो रेशम किरा पालन कमान बस्ती क्षेत्रका वासिन्दा जो कोहीले पनि गर्न सकिने जनाउँदै विभागले निःशुल्क रूपमा सम्पूर्ण सहयोग गर्ने उनले थप बताए।

Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ