सभासद कल्पना प्रधानद्वारा कैलापानी गाउँ अनि प्राथमिक पाठशालाको भ्रमण

Share this news

मकैबारी,27 जून(निसं):अ जीटीएको पंखाबारी अम्बटे लङ्भ्यु समष्टिका कार्यकारि सभासद कल्पना प्रधानले बिहीवार मकैबारी चियाबगान अन्तर्गत कैलापानी गाउँ अनि यहाँको कोदोबारी गाउँमा अवस्थित जीर्ण अवस्थामा रहेको प्राथमिक पाठशालाको भ्रमण गरिन्। तिनले सर्वप्रथम यहाँको कैलापानीको एघार घर पैह्रो पिडितहरूको पुनर्वासको निम्ति भइरहेको जमीनको समस्या विषय बुझ्न अनि पिडित परिवारहरूसँग भेट्न आइन् औ तिनले बगान कर्तृपक्षसँग यसबारे कुराकानी गरिन्। तिनले बगान पक्षलाई पिडितहरूको निम्ति बनाइने भनिएको घर अघि नापिएकै जमीनमा दिने आग्रह गरिन्। यस अवधि मकैबारी चियाबगानकी प्रमुख लक्ष्मी सुब्बा, महाप्रबन्धक एस दास, सह प्रबन्धक पेमा लामा आदिको पनि उपस्थिति रहेको थियो। यहाँको जीर्ण अवस्थामा रहेको प्राथमिक पाठशालाको भ्रमण गरिन् तथा यसै विद्यालयका शिक्षक शिक्षिकाहरूसँग भेट गरेर स्कूलको समस्याबारे जानकारी लिइन्। तिनले यहाँको जुनियर हाइ स्कूलको पनि निरीक्षण गरिन् औ विद्यालयका शिक्षिकाहरूसँग भेट गरेर तिनीहरूको समस्याहरू बुझिन्। यस अवधि तिनले आफ्नो पक्षबाट स्कूल भवन निर्माणको निम्ति सम्बन्धित विभागसँग कुरा राखेको औ अवश्यनै विद्यालय भवन निर्माण हुने प्रतिश्रुति दिइन्। तिनले जीटीए अनि यसका प्रमुख कार्यपाल अनित थापा पहाडको स्वस्थ्य अनि शिक्षाको निम्ति धेरै चिन्तित रहने तथा यस दिशामा तिनले धेरै कार्य गरिसकेको जनाउँदै यस पाठशालाको अवस्था प्रति पनि उनी अवगत रहेको जनाउँदै अवश्य नै नयाँ पाठशाला भवन निर्माणमा उनले सकारात्मक पाइला चाल्ने विश्‍वास व्यक्त गरिन्। प्रधानले आफ्नो पक्षबाट पनि अघिबाटै सम्बन्धित विभागलाई यसबारे अवगत गराइसकिएको औ विभागबाट पनि सकारात्मक प्रतिक्रिया आएको जनाउँदै यद्यपि यसको निम्ति यहाँका सबै जनता एक भएर बस्नुपर्ने तथा यस दिशामा निरन्तरता दिने आग्रह गरिन्। सभासद प्रधानसँगै स्थानीय भागोप्रमो प्रतिनिधि मण्डल छेत्रीको पनि उपस्थिति रहेको थियो।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ