स्ट्रीट लाइट नबलेकोले मानिसहरूले भोग्दै छन् समस्या

Share this news

 

खरसाङ, 29 जून (मोहन प्रसाद)ःअ रसाङ शहरको विभिन्न ठाउँमा गत धेरै समयदेखि स्ट्रीट लाइट नबलेकोले स्थानीय मानिसहरूले विभिन्न समस्या भोगिरहेका छन्। खरसाङ शहरको राष्ट्रिय राजमार्ग 110, वर्द्धवान रोड, पंखाबारी रोड अनि अन्य कतिपय स्थानमा राति स्ट्रीट लाइट नबलेको गुनसो मानिसहरूले गरेका छन्। नगरपालिकाको विभिन्न वार्डहरूमा खरसाङ नगरपालिकाद्वारा लगाइएको ल्याम्प पोस्टहरूमा पनि विगत धेरै समयदेखि स्ट्रीट लाइट बलेको छैन भनी मानिसहरूले बताएका छन्। फलस्वरुप, वार्डको विभिन्न स्थानहरूमा वा मार्गहरूमा लगाइएको स्ट्रीट लाइटको बल्ब नबलेको अथवा बिग्रिएको देखिएको छ भने जनसाधरणको पनि यस्तै गुनासो छ। यस अवधि पत्रकारहरूसित बोल्दै, खरसाङ बजार हाम्रो समाजका एकजना वरिष्ठ प्रतिनिधि विनय प्रधानले जनाए अनुसार, धेरै समयदेखि खरसाङ बजारको डोको लाइनस्थित तिनको गाउँ-घरमा नगरपालिकाद्वारा लगाइएको स्ट्रीट लाइट बलेको छैन, जसले गर्दा रात परेपछि तिनी अनि गाउँका मानिसहरू, राति उक्त बाटो भएर आउ-जाउ गर्ने बटुवाहरूले पनि धेरै असुविधा भोग्नु परिरहेका छन्। त्यति मात्र होइन, बर्खाको समय स्ट्रीट लाइट नबलेकोले रात परेपछि चोरी अथवा अन्य आपराधिक घटनाहरू हुने सम्भावना पनि बढ़ेर गएको छ। स्ट्रीट लाइट नबलेपछि बाटोमा हिँडदा लड्ने सम्भावना पनि हुन्छ। एकजना स्थानीय भूषण छेत्रीले जनाए अनुसार, तिनको ड्यूटी कुनै-कुनै समय दार्जीलिङमा परेको हुन्छ अनि राति खरसाङमा आइपुग्दा अबेर रात परिसकेको हुन्छ, यस्तो परिस्थितिमा घर फर्किएको समयमा बाटोमा कुकुरहरूको हुलले आफूमाथि झम्टिने गर्छ । सम्बन्धित निकायले यस विषयलाई ध्यानमा राखेर खरसाङ बजारको विभिन्न ठाउँमा बहाल गर्नु आवश्यकता रहेको छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ