environment clean

परिवेश सफा राख्ने युवा प्रगति सङ्घको पहल

Share this news

कमपोजः प्रकाश
रम्बी, 30 मई (निसं)ःपरिवेश सफा राख्न प्रत्येक मानिसको दायित्व हो। आफ्ना वरिपरिका क्षेत्रको साफ सफाइ राख्न मानिसहरूको दायित्व बन्दछ। केन्द्र सरकारले मानिसहरूलाई सर- सफाइप्रति जागरूक बनाउन स्वच्छ भारत अभियान चलाइरहेको छ। तर, सबै मानिसहरुलाई अझ पनि स्वच्छताबारे जानकारी नभएको भान हुँदछ। सिटोङ पर्यटनको क्षेत्रमा प्रसिद्ध भएपछि यसले सार्वजनिक स्वास्थ्य र स्वच्छताबारे केही गम्भीर चुनौतीहरुको सामना गर्नु परिरहेको छ। विशेष गरेर सडकमा पर्यटकहरुले दैनिक रूपमा धेरै मैला कुचैला थुपार्ने गरेको हुनाले यो एउटा गम्भीर चुनौतीको रूपमा अघि आइरहेको छ। सड़कमा पोलिथीन, विभिन्न प्रकारका खाद्य पदार्थका खोलहरु जहींतहीं फ्याँकिएको अवस्थामा पाइने गरेको छ। पर्यटकहरुले विभिन्न प्रकारका वस्तुहरू गाडीबाट फ्याँक्ने गरेको कारण यसले अनेकौं समस्याहरूलाई निम्त्याइरहेको छ। अहिले सबैभन्दा धेरै समस्या युज एण्ड थ्रो गिलास, प्लेटहरू भइरहेको छ। यी चीजहरू मनोरम ठाउँमा, जहाँ पर्यटकहरू बसेर रमिता हेर्छन् त्यहाँ फ्याँकिराखेर जाने गर्दछन्। लङ्कु भ्यालीका अधिकांश ठाउँहरूमा यस्ता चीजहरू यत्रतत्र फ्याँकिएको देख्न सकिन्छ। वर्तमान समयमा थर्मोकोलद्वारा निर्मित प्लेट, गिलासहरू अधिक प्रचलनमा रहेको कारण पर्यटकहरूले सबैभन्दा धेरै यही कुराहरू लिएर आउने गरेका छन्। सबैभन्दा चिन्ताको विषय के छ भने पर्यटकहरूले जहाँ बसेर खायो त्यहीं नै युज एण्ड थ्रो सामग्रीहरू फ्याँकेर जाने गर्दछन्।
यी सबै समस्याहरूदेखि बाँच्न लङ्कु भ्यालीस्थित युवा प्रगति संघ नामक सामाजिक संस्थाले ठाउँ- ठाउँमा डस्टबिन राख्नका साथै स्वच्छता सम्बन्धी बोर्डहरू पनि लगाएको छ। यी बोर्डहरू मुख्य पर्यटकीय ठाउँमा राखिएको छ। यो विषयमा युवा प्रगति संघका सभापति अनि सचिव प्रीतिका राई अनि विद्या छेत्रीले जनाएका छन् कि पर्यटकहरुको असामाजिक ब्यवहारको कारण लङ्कुमा केही उपायहरूमाथि ध्यान केन्द्रित गर्नु परिरहेको छ। विशेष गरेर पर्यटकहरूको स्वच्छताप्रति गैर जिम्मेवार ब्यवहारले ठाउँ ठाउँमा बोर्ड लगाएका छौँ। पर्यटकहरू परिवेशलाई केवल दूषित मात्र बनाउने गरेको हामीले देखेका छौं। यसोसले समयसमयमा स्वच्छता अभियान चलाएर मैला कुचैलायुक्त परिवेश बनाउने दिशामा काम गरिरहेको उनीहरूले बताएका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ