खरसाङ महकुमा अस्पतालमा डाक्टरहरुलाई सम्मान जनाउँदै राष्ट्रिय चिकित्सक दिवस पालन

Share this news

खरसाङ,1 जुलाई(निसं): राष्ट्रिय चिकित्सक दिवसको उपलक्ष्यमा विगत वर्ष झैं यस वर्ष पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाड महकुमा समितिद्वारा खरसाङ महकुमा अस्पतालमा डाक्टरहरुलाई सम्मान गरेर पालन गरिएको छ। यस अवसरमा भागोप्रमो खरसाङ महकुमा समितिको अध्यक्ष सुवास प्रधान र जीटीएको स्वास्थ्य एवम् परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पाको पहलमा खरसाङ महकुमा अस्पतालमा कार्यरत् डाक्टरहरूलाई खदा एवं उपहार दिएर डाक्टर दिवसको हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दै सुस्वास्थ्यको कामना गरिएको छ। यसको साथै आगामी दिनहरूमा रोगीहरूको स्वास्थ्य उपचारहरूमा सबैलाई सहयोग गरिदिने अनुरोध गरिएको छ। खरसाङ अस्पतालबाट अवकाश प्राप्त गरे पनि खरसाङलाई माया गरी खरसाङवासीहरूको चिरपरिचित डाक्टर बारूईलाई पनि खदार्पणसहित सुस्वास्थ्यको कामना साथै उनको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै हार्दिक बधाई र शुभकामना दिइएको छ। डाक्टरहरूलाई सम्मान व्यक्त गर्ने टोलीमा भागोप्रमो खरसाड महकुमा उपाध्यक्ष शंकर रावत, प्रचार प्रसार सचिव दिपेन सेवा, फिरोज खान, खरसाङ टाउन कमिटी अध्यक्ष राजु शर्मा, सचिव बिरबल पाख्रिन, सञ्जय मुखिया, विकास तामाङ आदिको उपस्थिति रहेको थियो। खरसाङ महकुमा अस्पतालमा चिकित्सक दिवस पालन गरिएको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिका सभापति सुवास प्रधानले विस्तृत रुपमा जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ