Sunil Rai Pranami

यस वर्षको ‘मंगल सारथी सेवा सम्मान’ सुनिल राई ‘प्रणामी’लाई प्रदान गरिने

Share this news

यसवर्ष मंगल सारथी सेवा सम्मान – सुनिल राई ‘ प्रणामी’ लाई प्रदान गरिने – मंगल सेवा फाउन्डेसन, मङपुद्वारा प्रत्येक दुई वर्षको अन्तर्रालमा प्रदान गरिने ‘मंगल सारथी सेवा सम्मान’ यस वर्ष सुनिल राई ‘ प्रणामी ‘ लाई प्रदान गर्ने घोषणा गरेको छ ।

विगत दिनमा फाउन्डेसनको अधक्ष्य गणेश मिश्रको अध्यक्षतामा बसेको सभाले उक्त निर्णय लिएको हो। बड़ा पुबोङ बस्ती, तकदाह निवासी सुनिल राई, सेन्ट रोबर्टस् उच्चतर माधयमिक विद्यालय, दार्जीलिङका भाषा विभागका एक समर्पित शिक्षक हुन्। विभिल सामाजिक, धार्मिक एवं साहित्यिक संस्थाहरूमा उनका संलग्नता रहेको छ भने विभिन्न पत्र – पत्रिकाहरूको सम्पादनमा उनको योगदान रहेको छ । सुनिल राई एक कुशल कवि, गीतकार, इतिहासकार, नाटककार हुन्, उनको दर्जनौं साहित्यिक कृतिहरू प्रकाशित छन्। यसको अतिरिक्त, धार्मिक, साहित्यिक लेखनमा पनि उनको उत्तिकै कलम चलेको छ। परम आदरणीय गुरुजी श्री १०८ मंगलदासजी एवं श्री १०८ मोहन प्रियाचर्यजी माथि अलसन्धनात्मक जीवन – यात्रा सम्बन्धी कृति प्रकाशित भइसकेको छ भने फर्केर हेर मङपुमा प्रणामी धर्म – हरिलाल क्षेत्रीसँग सह – लेखन अनि अहिले वर्तमानमा केहि तथ्य कहीँ सन्दर्भ : श्री कृष्ण प्रणामी धर्म – अहिले प्रकाशन हुन लागिरहेको छ । धार्मिक साहित्यमा उनको निरन्तर सेवालाई सम्मान गर्दै उनलाई यसवर्ष पाँचै ” मंगल सारथी सेवा सम्मान ” – प्रदान गरिएको हो भन्ने जानकारी फाउन्डेसनका मूल सचिव सुरेश सुब्बाबाट प्राप्त भएको छ।

सुनिल राई ‘ प्रणामी ‘ – लाई यो सम्मान १६ अगस्त २०२५ की दिन श्रीकृष्ण प्रणामी गीतामन्दिर, रेसेप , मङपुमा सम्पन्न हुने श्रीकृष्ण प्राकट्य महोत्सव – को उपलक्ष्यमा प्रदान गरिन्छ।

 


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ