माउन्ट कार्मोल अन्तर विद्यालय सुप्रीम कप च्याम्पियन

Share this news

दार्जीलिङ,25 जुलाई(निसं): माउन्ट कार्मोल स्कुल लामागाउँ इण्डिन फुटबल एसोसिएसनको तथा दार्जीलिङ फुटबल एसोसिएसन-को सहयोगमा आयोजित अन्तर विद्यालय राज्य स्तरीय फुटबल प्रतियोगिता सुप्रीम कपको जिल्ला स्तरीय अण्डर १४ को बिजेता बनेको छ। बुधबार दार्जीलिङको गोर्खा रगमञ्च खेल मैदान लेबोङमा आयोजित प्रतियोगिताको जिल्ला स्तरीय फाइनल खेलमा रामकृष्ण शिक्षा परिषद (आरकेएसपी) दार्जीलिङलाई ट्राई ब्रेकरमा 3-1 गोल अन्तरले हराउँदै दार्जीलिङ उपाधीसगै राज्य स्तरीय प्रतियोगिताको निम्ति छनौट भएको छ। खुबै रोमाञ्चक भएको खेलको दुबै हाफ गोलरहित सकिएपछि खेल ट्राइ ब्रेकरमा पुगेको थियो जहाँ माउन्ट कार्मोलले आरकेएसपीलाई 3-1 गोल अन्तरले पछि पार्दै जीत हासिल गर्‍यो।
प्रतियोगितामा जिल्लाभरका विभिन्न विधालयहरुका अन्डर 14 टीमले सहभागिता जनाएको थियो भने माउन्ट कार्मोलले क्वाटर फाइनलमा ज्ञानोदय स्कुल दार्जीलिङलाई तथा सेमी फाइनलमा एनडीए स्कुल दार्जीलिङलाई हराउदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको तथा विजेता दलले क्लस्टर लेभल हुदै जिल्ला स्तरीय प्रतियोगितामा भाग विद्यालयका मुख्य टीम कोच अमित सिङोकले बताएका छन।
 यसका साथमा यस्तो प्रतियोगिताहरु नै पहाडको फुटबल गरिमालाई फर्काउन तथा जमिनी रूपमा फुटबलको बिकास गर्नमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै खेल आयोजक समितिप्रती आयोजनाको निम्ति सिङोकले आभार प्रकट गरे।
स्मरण रहोस् सुप्रीम कप फुटबल प्रतियोगिता इन्डियन फुटबल एसोसिएसनको सहकार्यमा आयोजना हुने विद्यालय स्तरीय फुटबल प्रतियोगिता हो भने यसले प्रथम जिल्ला त्यसपछि कस्टर तथा राज्य स्तरीय प्रतियोगिता आयोजना गर्नेछ। यसका साथमा राज्य स्तरमा विजेता बनेका दललाई उमेर वर्गमा राष्ट्रिय  स्तरीय प्रतियोगितामा सहभागिता जनाउने अवसर सगै उत्कृष्ट खेलाडीलाई इण्डियन फुटबल एसोसिएसन-को माध्यमबाट राष्ट्रलाई नेतृत्व गर्ने अवसर प्रदान गर्नेछ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ