कवि विकास गोतामेलाई विभिन्न साहित्यिक संघ-संस्थाले स्मरण गर्दैछन्

Share this news


खरसाङ,28 जुलाई(निसं): अहिले कवि विकास गोतामेलाई विभिन्न साहित्यिक संघ-संस्था, कवि, साहित्यकारहरूले स्मरण गरिरहेका छन्‌‍। विकास गोतामेले नेपाली साहित्य अनि गोर्खा जातिप्रति दिएका योगदानलाई स्मरण गरिरहेका छन्‌‍। कवि गोतामेको जन्म जयन्ती, स्मरण दिवस पालन गर्न अरम्भ गरिएको छ। 28 जुलाईको दिन ऋषिहाटको सञ्जा मेमोरियल स्कूलमा कवि विकास गोतामेको 73औँ जन्म जयन्ती पालन गरिएको जानकारी प्राप्त भएको छ। अम्बर राईको अघ्यक्षतामा यस कार्यक्रममा कार्यक्रम अध्यक्ष, स्कूलका प्रिन्सीपल, शिक्षिका-हरूको बाहुलीबाट कवि विकास गोतामेको तस्वीरमा धुप-दीप प्रज्जवलन गरी माल्यार्पण गरेर कार्यक्रमको आरम्भ गरिएको थियो। कार्यक्रममा दिनेश कुमार राईले विकास गोतामेको जीवनी पठन गरेका थिए। शिक्षक-शिक्षिका सबैले यस जनवादी कविको कविता पठन गरेर विद्यार्थीहरूलाई सुनाएका थिए। तुलसी थापा, दिनेश कुमार राई, झरनाले कवि गोतामेको चर्चित कविता म सबैलाई सोध्छु पैसाले किन पुग्दैन शीर्षक कविता समूहमा पठन गरेका थिए। कार्यक्रममा सिद्वार्थ तामाङले सानो रुपमा भए पनि कविलाई श्रद्धाञ्जली अर्पण गर्नु पाउदा आफूलाई भाग्यमानी ठानेको बताए। कार्यक्रममा अध्यक्षले सबैलाई धन्यवाद दिएका थिए। स्मरण गराइन्छ, कवि विकास गोतामेको जन्म मङ्पूको सिन्कोना बगानमा सन्‌‍ 28 जुलाई 1952 मा भएको थियो। तिनको निधन 14 जनवरी 1992 मा 40 वर्षको अल्पायुमा भएको थियो। विकास गोतामेलाई समालोचकहरूले क्रान्तिकारी, जनवादी, जुझारु कविको रुपमा बताएका छन्‌‍। तिनले 8 वटा जति कविता अनि गीत संग्रह नेपाली साहित्यलाई छोड़ेर गएका छन्‌‍। तिनको धेरै कविता लेखादि विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित भएका छन्‌‍।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ