राजमार्ग 10 को अवस्थाले गर्दा राजमार्ग 110 मा वाहनको यातायातमा वृद्धि टुरिष्ट लज बाईपास मार्गको यथाशीघ्र मरम्मतको निम्ति पत्रचार

Share this news

खरसाङ, (मोहन प्रसाद): राष्ट्रिय राजमार्ग 10 को वर्तमानको अवस्थाको कारणले गर्दा राजमार्ग 110 मा वाहनहरूको यातायातमा वृद्धि भएको छ। अर्कोतर्फ भारी वर्षाको चपेटमा परेर खरसाङ टुरिष्ट लज मुनि कप्तान सुरज शर्मा पथ (बाईपास रोड) को एउटा वृहत भाग लगतार वर्षाको कारण प्रभावित भएर ध्वस्त भएकोले सिलगढ़ी तर्फ राष्ट्रिय राजमार्ग 110 अथवा रोहिणी रोडबाटै जान पर्ने भएकोले राष्ट्रिय राजमार्गमा यातायातको चाँप अझ बढ़ेकरो छ। खरसाङ ट्राफिक पुलिसद्वारा यथाशीघ्र यो रोड मरम्मतको अपेक्षा राख्दै, खरसाङ महकुमा अधिकारी साथै खरसाङ इञ्जिनियरिङ विभागका अधिकारीहरूलाई पत्रचार गरिएको छ। यस विषयमा थप जानकारी गराउँदै, खरसाङ ट्राफिक पुलिस अधिकारी वीरेन्द्र छेत्रीले जनाए अनुसार, भारी वर्षाको अवधि शुक्रवार टुरिष्ट लज मुनि कप्तान सुरज शर्मा पथ (बाईपास रोड) मा जुन प्रकारले एउटा ठूलो भाग ध्वस्त भएको छ, यस विषयलाई गम्भीरता पूर्वक लिँदै ट्राफिक पुलिसद्वारा यथाशीघ्र मरम्मतको निम्ति खरसाङ महकुमा अधिकारी साथै खरसाङ इञ्जिनियरिङ विभागका अधिकारीलाई पनि पत्रचार गरिएको छ। खरसाङ बजार अनि राष्ट्रिय राजमार्गमा यातायात व्यावस्था सुचारु राख्न उक्त मार्गको एउटा प्रमुख भूमिका रहेको छ। बर्खाको भलले उक्त मार्ग क्षति भएपछि कुनै प्रकार जोखिम नउठाइ उक्त मार्गमा वाहनको यातायातमा प्रतिबन्ध लगाइएको छ। खहरे, सिङ्गेल, सन्त मेरिज आदि क्षेत्रका वाहनहरू उक्त मार्ग भएर चल्ने गर्थे। ती सिण्डीकेटका वाहनहरूलाई केही फेर बदल गर्दै, अब ती वाहनहरूलाई मोटर स्ट्याण्ड हुँदै पीबी रोड, बाईपास भएर मन्टिभिएट रोडस्थित आ-आफ्नो निर्धारित स्थानमा पठाइने छ। यस्तो परिस्थितिमा पीबी रोडमा कुनै प्रकारको ट्राफिक जाम नहोस्‌‍ भनी पीबी रोडमा कुद्ने वाहनहरूलाई रोहिणी मार्ग भएर वाहन कुदाउने प्रयास रहेको छ। छेत्रीले यो पनि जनाए कि टुरिष्ट लजको बाइपास मार्गले खरसाङ शहरमा ट्राफिक जामको समस्या नहुनुमा लगभग 25 देखि 30 प्रतिशत सहयोग गर्ने गर्थ्यो तर हिज शुक्रवारदेखि उक्त मार्ग बन्द रहेकोले ट्राफिक व्यावस्था सुचारु राख्न ट्राफिक पुलिसले धेरै कसरत गर्नु परिरहेको छ। त्यति मात्र होइन, वर्तमानमा राष्ट्रिय राजमार्ग 10 मा बारम्बार पहिरोले गर्दा जुन परिस्थितिको सृजना भएको छ, सिक्किम गामी वाहनहरू पनि राजमार्ग 110 बाट कुदिररेकाले राजमार्ग 110 मा धेरै व्यस्त भएको छ, जसले गर्दा ट्राफिक व्यावस्था सुचारु राख्न एक तर्फ वाहन रोक्दै, अर्को तर्फको वाहन छोड्दै वान वे प्रकारले खरसाङ बजार क्षेत्रमा वाहनको चलाचल राखिएको छ। यस्तो परिस्थितिमा जनमानसमा हुने असुविधाको निम्ति तिनले खेद प्रकट पनि गरेका छन्‌‍।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ