सिक्किमका माननीय राज्यपाल ओम प्रकाश माथुरको निर्देशनमा, ७९औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा सिक्किमको राजभवनले विशेष रक्तदान शिविर आयोजना गरेको थियो। शिविर एसटीएनएम अस्पताल, गान्तोकको ट्रान्सफ्युजन मेडिसिन विभागसँगको सहकार्यमा आयोजना गरिएको थियो।
यस अवसरमा, माननीय राज्यपालले रक्तदानलाई “जीवन दान” भनेर वर्णन गर्नुभयो र सबै नागरिकहरूलाई यस महान कार्यमा भाग लिन अपील गरे। उनले ट्रान्सफ्युजन मेडिसिन विभागका अधिकारी अनि कर्मचारीहरूसँग अन्तरक्रिया गरे अनि राज्यमा यस्ता शिविरहरूको नियमित आयोजनाको बारेमा सोधपुछ गरे। उनले रक्त बैंकमा विभिन्न रक्त समूहहरूको उपलब्धता स्थितिको बारेमा पनि छलफल गरे।
शिविरमा राजभवन परिवारका सदस्यहरू, इन्डो-तिब्बती सीमा पुलीस कर्मचारीहरू, सिक्किम राइडर्स क्लब, यंग इन्डियन्स सिक्किम च्याप्टर अनि यंग जेनेरेशन लोकल ट्याक्सी ड्राइभर-कम-ओनर्स एसोसिएशन, गान्तोकका प्रतिनिधिहरू सहित जीवनका विभिन्न क्षेत्रका नागरिकहरूले उत्साहपूर्वक भाग लिएका थिए।
माननीय राज्यपालद्वारा उपस्थित सबैको सेवा र समर्पणको भावनाको कदर गर्दै यस्तो महान् कार्यलाई निरन्तरता दिन प्रोत्साहित गरे।
