खरसाङ, (निसं)ः खरसाङ फुटबल एसोसिएशनको सदस्यहरू सामेल एउटा टोलीले कालेबुङ्को देवाञ्जन शेर फुटबल एकादमीद्वारा आयोजित कार्यक्रममा अंशग्रहण गरेको छ। भारतीय महिला फुटबल टीमका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्री अनि भारतीय महिला फुटबल दलका खेलाड़ी अञ्जु तामाङलाई सम्बर्द्धना जनाउन कार्यक्रम आयोजना गरिएको थियो, उक्त कार्यक्रममा खरसाङ फुटबल एसोसिएशनलाई पनि निमन्त्रण गरिएको थियो। यस कार्यक्रममा सहभागिता जनाउनको निम्ति एसोसिएशनको टोली कालेबुङ पुगेको हो। कार्यक्रममा अतिथिको रुपमा कालेबुङ जिल्ला शासक बाला सुब्रमनियम टी, विधायक रुदेन लेप्चा, जीटीएको खेल अनि युवा मामिला विभाग भासद पाउल सिमिक, सन्त फिलोमिना विद्यालयकी प्रधानाचार्य सिस्टर क्रिसन्ता राई, शिक्षक इस्लाम्पुर नन्दु, देवाञ्जनका खेलाड़ी अनि प्रशिकक्षक दार्जीलिङ स्कूल काउन्सिलकी कम्लेश राई अनि अन्यान्य उपस्थित थिए। कार्यक्रमको स्थान मेला ग्राउण्ड रहेको भए तापनि अधिक वर्षातको कारण जिल्ला शासक कार्यालयको कन्फरेन्स हलमा सम्पन्न गरिएको थियो भनी जानकारी दिइएको छ।
