प्रज्ञा साझा मञ्चले भाषा संग्रामी अि समाजसेवक 4 जनालाई सम्मान जनाउने

Share this news

खरसाङ, (निसं) खरसाङ्को प्रज्ञा साझा मञ्चले भाषा सङ्ग्रामी अनि समाजको निम्ति उल्लेखयोग्य कार्य गर्ने 4 विशिष्ट व्यक्तिहरूलाई साझ सम्मान 2025 ले सम्मान जनाउने भएको छ। शुक्रवार यहाँको ब्लुमफिल्ड महकुमा पुस्तकालय भवनमा सम्पन्न भएको सभामा उक्त निर्णयलाई अन्तिर रुप दिइएको छ। मञ्चका अध्यक्ष रमेश थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा साझा सम्मान अलङ्करण समारोहको बारेमा व्यापक चर्चा गरियो। चर्चामा वक्ताहरूले आगामी 31 अगस्तको दिन खरसाङ्को पार्क लोकेशनस्थित सार्वजनिक भवनमा आयोजना गरिने उक्त कार्यक्रमलाई कुन प्रकारले सफल र भव्य बनाउन सकिन्छ भन्ने विषयमा सुझाउहरू प्रस्तुत गरेका थिए। सभामा मञ्चकी सचिव उषा किरण सत्यदर्शीले नेपाली भाषाले पूर्ण रुपमा संवैधानिक मान्यता पाएको दिन 31 अगस्तलाई लक्ष्य रहेको यो कार्यक्रमको आयोजना गरिएको हो भनी जनाउदै भाषा संग्रामी, साहित्यकार, लकाकर्मी, समाजसेवकहरूलाई साझ प्रज्ञा मञ्चले प्रत्येक वर्ष साझा सम्मानले सम्मान जनाउदै आएको बताइन्‌‍। तिनले यस वर्ष पनि गहन चिन्तन-मनन्‌‍ अनि विविध पक्षबाट सुझा र परामर्श प्राप्त गरेर चार व्यक्तित्वहरूलाई साझ सम्मान 2025 ले सम्मान जनाउने निर्णय गरिएको बताइन्‌‍। साझ मञ्चद्वारा सम्मान जनाइने चार व्यक्तित्वहरू भाषा संग्रामी द्वय जय प्रकाश दाहाल, तुलसी अधिकारी, समाजसेवक ठेण्डुप छिरिङ अनि शिल्पकार हिरा प्रधान रहेका छन्‌‍।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ