ग्रामीण क्षेत्रका मानिसहरू जंगली जनावरदेखि दिक्क

Share this news

खरसाङ, (निसं): वर्तमानमा ग्रामीण क्षेत्रका मानिसहरू जंगली जनावरको समस्याले दिक्क बनेका छन्‌‍। अहिले बाँदरदेखि लिएर चितुवा, बनेल, दुम्सी जस्ता जंगली जनावरहरूले ग्रामीण क्षेत्रका मानिसहरूलाई सताइरहेका छन्‌‍। यस्ता जंगली जनावरहरूको कारणले अहिले ग्रामीण क्षेत्रका मानिसहरूले खेती-पाती गर्न छोड़ेको, पशु पालन गर्न छोड़ेको बताएका छन्‌‍। मकैबारी चिया बगानको कैलापानी गाउँमा वर्तमानमा चितुवाले कुकुरहरू लगिरहने गरेको देवान राईले बताएका छन्‌‍। तिनले आफ्नो घरमा पालिकको 3-4 वटा कुकुर चितुवाले खाइसकेको बताउदै वर्तमानमा चितुवाले गाउँवासीको बाख्रा, कुकुर खाने घटनाहरू घटिरहने गरेको बताए। चिम्नी क्षेत्रको खुन्द्रुके बस्ती निवासी एक किसानले वर्तमानमा जंगली जनावरहरूको उपद्रव औधी बढ़ेर गएको बताउदै आफ्नो बारीको पिढ़ालु, सिमल तरुल, मकै, साग सबै बाँदर, बनेल, दुम्सी, मृगले खाइदिने अनि उधिनेर जरैसंग उखालिदिने गरेको बताए। तिनले उक्त क्षेत्रमा चितुवाको पनि निकै रगरगी रहेको बताउदै घर पालुवा पशुहरू अघिको समयमा चितुवाले निकै बिगारेको पनि बताए। करबीर चिया बगान निवासी उदय दुमीले पनि वर्तमानमा जंगली जनावारको आतंक बढ़ेर गएको बताउदै गाउँमा चितुवाले बाख्रा, कुखुरा खाने घटनाहरू घटिसकेको, केही दिन अघि गाउँको एक व्यक्तिको घुरेनमा कालो चितुवा देखिएको बताए। तिनले वर्तमानमा चितुवाको डरले मानिसहरू रातिको समयमा एक्लै बाहिर निस्कन र हिँड़डुल गर्न छोड़ेको समेत बताए। यस प्रकार वर्तमानमा खरसाङ्को ग्रामीण क्षेत्रहरूमा जंगली जनावारको समस्याले मानिसहरू ग्रसित छन्‌‍ भने यी जनावरहरूको अतंकले पनि पिरोलिरहेका छन्‌‍। बाँदर, बनेल, दुम्सी, चितुवा जस्ता जंगली जनावारले सताएको कारण ग्रामीण क्षेत्रका कतिपय मानिसहरू आफ्नो बारीमा खेती गर्न छोड़ेको बताउछन्‌‍। कतिपय गाई-बाख्रा पालन गर्न छोड़ेको पनि बताउछन्‌‍। वर्तमानमा खरसाङ महकुमा क्षेत्रमा जंगल बढ़ेर गएको छ भने जंगल संगै जंगली जनावरहरू पनि बढ़ेर गएको छ। अघिका मानिसहरूले खेती गर्ने जमिनमा पनि वर्तमानमा जंगल बढ़ेकोले जंगल क्षेत्र गाउँ-बस्तीसम्म बढ़ेर गएको छ। अघिको समयमा खेती गरिने बारी रहेको स्थानमा अहिले सबै जंगल देखिन्छन्‌‍। यसरी घरको घुरेनसम्म जंगल बढ़ेपछि जंगली जनावरहरूलाई आवशीय क्षेत्रमा चलखेल गर्न सहज बनेको पनि मानिसहरू बताउछन्‌‍।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ