Drama "Dangkuti Dankuti Dangdang"

नाटक “डङ्कुटी डङ्कुटी डङ्गडङ्ग” सफलतापूर्वक मञ्चित

Share this news

सिलगढीको दीनवन्धु मञ्चमा “कानेखुशी”को नाटक “डङ्कुटी डङ्कुटी डङ्गडङ्ग” बुधबार साँझ सफलतापूर्वक मञ्चित गरिएको थियोे। विशिष्ट हास्य-व्यङ्ग्य साहित्यकार कृष्ण प्रधानद्वारा लिखित, समाजसेवी, लेखक र अभिनेता कृष्ण बस्नेतद्वारा निर्देशित अनि समाजसेवी र अभिनेता कृष्ण गुरूङले मुख्य भूमिका निभाएको उक्त नाटक हेर्न धेरै दर्शकहरूको उपस्थिति रहेको थियोे। उक्त नाटकमा कृष्ण गुरूङले धोधोम्बे झाँक्रीको भूमिका निभाएका छन् भने अन्य कालकारहरू भूषण दाहाल- लठीबज्रे, डा. लक्ष्मी देवान- गमशफूल, (लठीबज्रेकी आमा), भिम शर्मा- डुकुलण्ठक, (गमशफूलका श्रीमान वा लठीबज्रेका बुवा), अशोक खवास-धोम्बे वा (झाङ्कीको सहायक), अमित सुब्बा- हाम्पी (लठिबज्रेकी साथी), अनुशा राई- म्याउँची (च्याउँकीकी आमा), आरना छेत्री- च्याउँकी (बाल कलाकार), मणि शर्मा-कमाण्डेण्ट, नोरा चार्ल्स- डीएसपी, भाष्कर मैनाली शर्मा- आइसी अनि सुरेन लामा- (सर) रहेका थिए। उक्त नाटकमा पार्श्व सङ्गीत युजेन लामाले दिएका थिए। सिलगढी नाट्य उत्सव अन्तर्गत नाटक “डङ्कुटी डङ्कुटी डङ्गडङ्ग” मञ्चित गरिएको थियो।
स्मरण रहोस् 3 फरवरी 2019 मा पृष्ठभूमि कला संस्थानको नाटक “गलती कसको ?” मञ्चन गरिएको थियो। जसको लेखक राजु सशाङ्कर अनि निर्देशक कृष्ण गुरूङ रहेका थिए। उक्त नाटक मञ्चनको 6 वर्षपछि “कानेखुशी”को नाटक “डङ्कुटी डङ्कुटी डङ्गडङ्ग” मञ्चित गरिएको थियो।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ