Abhagovi Federation to GTA Chief

अभागोवि महासंघद्वारा जीटीए प्रमुखलाई ज्ञापन

Share this news

अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको प्रतिनिधि टोली दार्जीलिङको लालकोठी पुगेर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापालाई भेटेर विभिन्न समस्याहरु विषयमा ज्ञापन पत्र बुझाएको छ। उक्त प्रतिनिधि टोलीले जीटीए प्रमुख अनित थापा र स्वास्थ्य विभागको कार्यकारी निर्देशकसित भेट गरी घैयाबारी अस्पतालमा फार्मसिस्टको अभाव विषयमा अवगत गराउँदै ज्ञापन दिन्दै फार्मसिस्टको अभावले जनसाधारण समस्यामा परेको र यस विषयमा झट्टै पहल गर्दै घैयाबारी अस्पतालमा एकजना फार्मसिस्टको नियुक्त गरिदिने निवेदन गरेको छ। त्यसरी नै तीनधारे‌मा निर्माण गरिएको विद्यालय भवन त्यसै रहिरहेकोले उक्त भवनको पनि प्रयोग गरिदिने विषयमा ज्ञापनपत्रमा उल्लेख गरिएको छ। टोलीको तर्फबाट आगामी 23 अगस्तको दिन समष्टि स्तरीय भाषा मान्यता दिवस समारोह पालन गर्दै दशौँ र बाह्रौं श्रेणीको बोर्ड परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्बर्द्धना जनाइने अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधानले जानकारी दिएका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ