मिरिक महकुमा अन्तर्गत साैरेनी पाइनहल एकाडमीमा चाैथाे श्रेणीमा अध्यनरत एक बालिकालाई अज्ञात ब्यक्तिले अपहरण गर्ने प्रयास गरेकाे घटना प्रकाशमा आएकाे छ।उक्त घटना साेमबार बिहान 10-30 बजीतिर भएकाे जानकारी प्राप्त भएकाे छ। अपहरण गर्न खाेजिएका बालिकाकाे बाबा सुवर्ण घिमिरेले छाेरीलाई एक अज्ञात ब्यक्तिले स्कूलकाे गेटमा पुगेर अभिभावकले बाेलाएकाे छ भनेपछि स्कूलका चाैकीदारले छाेरीलाई बाेलाएका थिए। तर छाेरीले उक्त अज्ञात मानिस मेराे अभिभावक हाेइन भनेपछि उनी अपहरण हुनबाट बाँचेकाे बताए। स्कूलका प्राचार्य श्रीमती निरूपा राईले पनि उक्त घटनाबारे जानकारी गराउँदै वालिकाले अज्ञात ब्यक्तिलाई अभिभावक हाेइन भनेपछि आफूहरूले तत्काल अभिभावकलाई फाेन गरेको बताइन्। अभिभावकलाई फाेन गर्दा नानी लिनु कसैलाई पठाएका छैनाै भन्ने प्रतिक्रिया पाएपछि आफूहरूले नानीलाई स्कूलबाट बाहिर निस्कनु नदिएको बताउँदै ठूलाे घटना टरेको बताइन्। उनले यस घटनासित संलग्न ब्यक्तिलाई पक्राउ गर्न प्रशासनले ठाेस कार्य गर्नु पर्ने माग गरिन्।
