दार्जीलिङ, 28 जुलाई (निसं): पढ़्नको लागि असुविधाको सामना गरिरहेका शहीद परिवारका छोरा-छोरीहरूलाई पढ़ाउन जीटीएका मुख्य कार्यपाल अनित थापाले पूर्ण सहयोग प्रदान गर्ने घोषणा गरे। गोर्खा रङ्गमञ्च भवनमा आयोजित शहीद दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा नै थापाले यस्तो घोषणा गरेका हुन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा दार्जीलिङ महकुमा समितिको तत्वावधानमा आयोजित समारोहलाई मुख्य अतिथिका रूपमा सम्बोधन गर्दै थापाले कसैको घरलाई शुन्य नबनाई जातिको लागि संघर्ष गर्दै अघि बढ़्ने पनि बताए। उनले भने-विगतका राजनैतिक नेताहरूले आन्दोलन गरे, त्यसमा धेरैजना शहीद भए। गोर्खा जातिले धेरै गुमायो, अब त्यसलाई मिलाउँदै जानुपर्छ। अब हिजोको भूललाई प्रकाशमा ल्याउन पनि चाहँदिनँ। तर त्यसलाई भूल पनि हो भनेर मान्न सकिन्दैन। अब दार्जीलिङ पहाड़मा जबसम्म भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रहनेछ, तबसम्म पहाड़मा कोही शहीद हुनेछैन। कुनै आमाको कोख रित्तो हुनेछैन अनि कुनै महिलाको सिउँदो पुछिने छैन। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पनि सङ्घर्ष जारी राखेको छ अनि यो सङ्घर्षमा धेरै सहनुपर्छ। म यो स्थानमा बसेर उत्तेजित भए फेरि जातिले दुःख पाउनेछ। यसैले धैर्य राखेर जाति हितको लागि काम गरिरहनेछु, थापाले प्रतिवद्धता जाहेर गरे। उनले विगतमा राजनैतिक नेताहरूले जाति र माटोको नाममा झुक्याएर भोट मागेको आरोप लगाउँदै आफूले सधैं सत्य कुरा गरेर नै जाति हितको काम गरेको पनि बताए। अब कसैमाथि दोष दिने काम गर्नु हुँदैन, हाम्रो सोच र विचारलाई सपार्नुपर्छ। यसैले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले कसैको घर शुन्य नबनाई जातीय सुरक्षाको लागि काम गर्नेछ, यो पार्टीले रचनात्मक राजनीतिमा विश्वास गर्छ, ध्वंसात्मकतामा होइन। यसैबीच, उनले समारोहलाई सम्बोधन गर्दै अझै अघि भने-शहीद परिवारहरूलाई प्रत्येक वर्ष शहीद दिवसको अवसरमा सम्मान प्रदान गरेर केही हुँदैन। किनभने, उनीहरूले आफ्नो परिवारका सदस्य गुमाएका छन्। यसलाई यो तुच्छ सम्मानले कदापि पूरा गर्नेछैन। तरै पनि शहीद परिवारका छोरा-छोरीको पठन-पाठनमा कुनै असुविधा भइरहेको छ भने उनीहरूलाई पूर्ण सहयोग गर्ने उनले घोषणा गरे। जसको लागि उनले आफूसित सम्पर्क गर्ने पनि शहीद परिवारहरूलाई आह्वान गरेका छन्।
Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान
पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग
प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक
केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण
लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक
आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण
गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष
पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण
कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल
मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ