बोनसको लागि अनित थापाप्रति आभार

Share this news

पश्चिम बंगाल सरकारको श्रम मन्त्रालयले दार्जिलिङ पहाड र तराईको चियाबारी श्रमिकहरुको लागि यसपाली बोनस बीस प्रतिशत गरेर दिनु पर्ने एडभाइजरी जारी गरेकोमा पहाडका विभिन्न चियाबारीहरुबाट धन्यवाद दिने कार्य गरिरहेका‌ छन्। यसै क्रममा तीनधारे महानदी समष्टिको गिताङ्गे, नरबुङ, सिपाहीधुरा र सिलिम हिल आदि चियाबारीहरुमा गेट मिटिङ गरेर जीटीए प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद दिइएको छ। यस क्रममा तीनधारे महानदी समष्टिको गिताङ्गे चियाबारीको क्रेज हाउसमा एक गेट मिटिङ गरेर बीस प्रतिशत बोनसको मांगलाई सही तरिकाले श्रमिकहरुको पक्षमा लगिदिएको भन्दै जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्।‌ उक्त गेट मिटिङ गिताङ्गे शाखाको सभापति पुरण छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ भने ट्रेड युनियन, नारी शक्ति र युवा शक्तिका प्रतिनिधिहरु र भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा उपस्थित रहेका थिए। यसै क्रममा नरबुङ चियाबारीमा युनिट कमिटीको सभापति विकास गुरुङको अध्यक्षतामा गेट मिटिङ सम्पन्न भएको थियो। यस गेट मिटिङमा नरबुङ बुथ कमिटीको सभापति प्रणय देवान, युनिट कमिटीको सचिव रोशन सुब्बा, शिवखोला ग्राम पञ्चायतको उप प्रधान अम्बिका देवान र ट्रेड युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा उपस्थित रहेका थिए। वक्ताहरुले गत वर्ष बोनसको लागि श्रमिकहरुले धेरै दुःख पाएकोले यसपाली भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले बीस प्रतिशत बोनसको लागि पहल गरिदिएकोले धन्यवाद दिन्दै 20 बोनस दशैं अघि नै सठीक समयमा पायोस् भनी बताएका छन्। यसै क्रममा सिपाहीधुरा चियाबारीमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको सभापति र सचिव निर्मला प्रधान, सल्लाहकार मिलन प्रधान, शिवखोला ग्राम पञ्चायतको प्रधान मोहनकुमार प्रधान, पञ्चायत समिति सदस्या दिक्षा छेत्री उपस्थित रहेर गेट मिटिङ सम्पन्न भएको थियो। त्यसरी नै तीनधारे महानदी समष्टिको सिलिम हिलमा सभापति सकिला तामाङ, सचिव अमर तामाङ लगायत अन्यहरुको उपस्थितिमा गेट मिटिङ गरिएको थियो। तीनधारे महानदी समष्टिको विभिन्न चियाबारीहरुमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको आयोजना गेट मिटिङ गरेर जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिइएको छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ